Sajha Sawal Episode 334: Drinking Water Supply

पहाडका कति गाउँ खानेपानी अभावले उजाड भएका छन् । भएकै ठाउँमा पनि खानेपानी पिउनयोग्य नहुँदा वर्सेनी सयौं मानिस झाडापखालाको शिकार बन्छन् । राजधानीमै पनि खानेपानीका लागि रातभर जाग्राम बस्नेहरु छन् । तराईमा भएको पानीमा पनि हानिकारक रसायन आर्सेनिक मिसिएर समस्या हुन्छ । कसरी हुन्छ स्वच्छ र गुणस्तरीय खानेपानीको पर्याप्त आपुर्ति? विजुली अभावका बारेमा शहरमा जति चर्चा हुने गर्छ, त्यति चर्चा खानेपानी अभावका बारेमा त्यति सुनिदैंन । आज हामी साझा सवालमा खानेपानीको उपलब्धता र त्यसको स्वच्छताबारेमा छलफल गर्दैछौं । छलफलमा हामीसँग खानेपानी तथा ढल निकास विभागका महानिर्देशक ईश्वरीप्रसाद पौडेल, खानेपानी तथा सरसफाई महासंघका अध्यक्ष राजेन्द्र अर्याल र सहभागिहरुको अघिल्लो पंक्तिमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा निमित्त महाप्रबन्धक चन्द्रलाल नकर्मी हुनुहुन्छ ।

Leave a Reply