Sajha Sawal Episode 343: Environmental Pollution and Public Health

चाहे विराटनगरमा केही समयअघि फैलिएको जण्डिसको महामारी होस् वा राजधानीमा देखिएको श्वासप्रश्वासजन्य रोगको बढ्दो संक्रमण, स्वास्थ्यकर्मीहरु यसलाई वातावरणीय प्रदुषणको परिणाम मान्छन् । प्रदुषण र त्यसले जनस्वास्थ्यमा पारेको असर कम गर्ने सरकारी प्रयास कतिको प्रभावकारी छ? वातावरणीय प्रदुषणका कारण मानव स्वास्थ्यमा परेका असर र त्यसलाई कम गर्ने सरकारी प्रयासका बारे आज हामी बहस गर्दैछौं । बहसमा हामीसँग स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी, शहरी विकास मन्त्रालयका सहसचिव डा. महेन्द्र सुब्बा, त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक डा. बन्दना प्रधान र फोहोरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक डा. सुमित्रा अमात्य हुनुहुन्छ । काठमाडौंमा रेकर्ड गरिएको यो कार्यक्रममा भिडियो सम्पर्कमा हालै झाडापखालाको महामारीबाट प्रभावित रौतहटको चन्द्रनिगाहपुरका सहभागीहरू हुनुहुन्छ । -bbcsajhasawal

Leave a Reply