Sajha Sawal Episode 345: Who can Improve School Education?

गत साता प्रकाशित प्रवेशिका परीक्षा (एसएलसी) मा सरकारी विद्यालयका एक तिहाईभन्दा कम विद्यार्थी मात्र उत्तीर्ण भए भने निजी विद्यालयबाट करीव ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भए । किन सरकारी विद्यालयका विद्यार्थी एसएलसी परीक्षामा धेरै अनुत्तीर्ण हुन्छन्? यसमा कमजोरी कसको हो? नीति बनाउने सरकारको, पढाउने शिक्षकको, स्वयं विद्यार्थी वा तिनका अभिभावकको? एसएलसीको खराव नतीजापछि वर्षेनी विज्ञहरुले शैक्षिक सुधारका उपाय सुझाउँछन् । सरकारी निकायले सुध्रिने प्रतिवद्धता व्यक्त गर्छन् । तर वर्ष दिनपछि परिणाम उही दोहोरिन्छ । आज हामी कसले सुधार्न सक्छ विद्यालय शिक्षा भन्ने विषयमा छलफल गर्दैछौं । छलफलका लागि हामीसँग शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थी, शिक्षकहरुको संगठन नेपाल शिक्षक युनियनका उपाध्यक्ष पूर्णा जोशी, निजी विद्यालयहरुको संस्था प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी र समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेल हुनुहुन्छ । -bbcsajhasawal

Leave a Reply