Sajha Sawal Episode 362: Prospering Nepal

वितेका दशकमा नेपालले सञ्चार, शिक्षा, स्वास्थ्य र सडकको क्षेत्रमा लोभलाग्दो फड्को मारेको छ । बन्दै गरेका योजनाहरुको निर्माण कार्य पुरा हुने हो भने मात्र पनि आगामी दशक विकास र समृद्धिको दशक हुनेछ । कृषिमा निर्यात बढ्नेछ, ठूला ठूला शहरहरु विद्युतीय रेलमार्गले जोडिनेछन्, गाउँ गाउँमा सडक पुग्नेछ अनि लोडसेडिङको अन्त हुनेछ । कसरी बन्दैछ त नेपाल समृद्ध? आज साझा सवालमा हामी नेपाल कसरी समृद्ध बन्दैछ भनी बहस गर्दैछौं । बहसमा हामीसँग नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्याल, राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्ले र माइती नेपालका अध्यक्ष अनुराधा कोइराला हुनुहुन्छ । -bbcsajhasawal

Leave a Reply