Sajha Sawal Episode 365: Federalism

संविधान घोषणाको मिति जति जति नजिकिदैं जान्छ, संघीयताबारेको विवाद उति उति बढ्दै जान्छ । र, संघीयताको विवादको कारण फेरी पनि बेलैमा संविधान नबन्ने हो की भन्नेहरुको स्वर चर्को हुँदैछ । के हुन सक्छ संघीयतामा दलहरुको मिलनविन्दु? कस्तो खालको संघीयताले नेपालीहरुको जीवनस्तर उठाउन सक्छ? संघीयताबारेको आजको साझा सवालको बहसमा तीन वर्षअघि गठन भएको राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगका तत्कालीन सदस्य प्रा. कृष्ण हाछेँथु, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भीम सुवेदी र उपप्राध्यापक चुन्दा बज्राचार्य हुनुहुन्छ ।

Leave a Reply