Sajha Sawal Episode 366: Climate Change and Livelihood

यो साता हामी साझा सवाल रेकर्डिङका लागि मुगुको रारा ताल आइपुगेका छौं । हिजोआज धेरैले खानेपानीको मुहान सुक्दै गरेको, बालीनाली लगाउने समयमा पानी कम पर्न थालेको, अनि बेमौसममा असिना पानी परेका कारण बालीनालीको नोक्सानी भएको सुनाउँछन् । विभिन्न अध्ययनहरुले यस्ता परिवर्तन जलवायु परिवर्तनका कारण भएको बताएका छन्? उसो भए जलवायु परिवर्तनअनुसार आफ्नो जीवनशैली कसरी परिवर्तन गर्ने त? साझा सवालको यो बहसमा हामीसँग विज्ञान, प्रविधी तथा वातावरण मन्त्रालयका उपसचिव तथा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका संयोजक नरेश शर्मा, जुम्लाबाट प्रतिनिधित्व गर्ने सभासद गोमा कुँवर, वातावरण तथा जलस्रोत विज्ञ अजय दिक्षित र समाजशास्त्री मिता सैंजु प्रधान हुनुहुन्छ ।

Leave a Reply