Sajha Sawal Episode 369: Corruption Control

तपाईं हामीले आफ्नो घर जग्गाको कर बेलैमा बुझाएका छौं की बेवास्ता गरिरहेका छौं? घर घडेरी किनबेच गर्दा सही मूल्य खुलाएरै कर तिर्छौं की छली गर्छौं? पहुँच हुनेहरु पासपोर्ट, नागरिकता, लाइसेन्स बनाउँदा लाम बसेरै आफ्नो काम पुरा गर्छौं की भनसुनको सहारा लिन्छौं? भ्रष्टाचार नियन्त्रणका लागि सचेत नागरिकले कस्तो भूमिका खेल्न सक्छन्? आज हामी साझा सवालमा सुशासनका लागि नागरिकको जिम्मेवारी के हुन सक्छ भनी बहस गर्दैछौं । काठमाडौं र बीरगंजका सहभागीहरुको बीचमा बहसमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, अख्तियार तथा विशेष प्रहरीमा काम गरिसक्नुभएका पूर्व सचिव मोहन बन्जाडे र सरकारी अस्पतालको सेवा सुधारमा काम गरिरहनुभएका चिकित्सक प्रा.डा. भगवान कोइराला हुनुहुन्छ । -bbcsajhasawal

Leave a Reply