Satya Mohan Joshi in TOUGH talk with Dil Bhusan Pathak

९६ वर्षका मानिस के गर्लान् ? धेरै त त्यो उमेर नदेखी परलोक भइसक्लान । कोही ओछयानमै थन्किएलान् र कोही चाहि“ अरुको सहारामा लर्याङ तर्याङ गरेर दिन कटाउ“लान् । तर कोहीकोही हु“दारहेछन् बुढ्यौलीमा पनि तन्नेरी झैं सक्रिय । दैनिक चार वटा पत्रिका पढ्ने, तिनका लेख समाचारको विश्लेषण गर्ने, आफैले लेखहरु लेख्ने, दैनिक सभा सम्मेलन र गोष्ठीहरुमा सहभागी हुने र विचार व्यक्त गरिरहने यस्तै छ संस्कृतिविद् सत्य मोहन जोशीको दैनिकी ।

उनले पहिलो पटक हाम्रो लोक संस्कृति नामक ग्रन्थका लागि वि.सं. २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रो पटक वि.सं. २०१७ सालमा र कणर््ाँली लोक संस्कृति नामक ग्रन्थको लागि संयुक्त रुपमा तेस्रोपटक पनि वि.सं. २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका छन् ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरुप जोशीलाई सुप्रबल गोर्खा दक्षिण बाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्ययालयले विद्यावारिधीको मानार्थ प्रमाण्ँपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीतिर्मान राष्ट्रदीपले सम्मानित गरेको छ ।

डा. सत्यमोहन जोशी नेपालका संस्कृतिविद हुन । उनको ज्ञान, अनुभव र गहिरिएर विश्लेषण गर्ने क्षमताको कुरा गर्ने हो भने अब संस्कृतिविद् मात्र भन्दा पनि संस्कृतिका जिउँदा धरोहर भन्नु पर्ने हुन्छ ।

Leave a Reply