सिताराम हाछेथुको प्रेम कहानी – हलकारो

‘जहाँ जहाँ जाम त्यहाँ त्यहाँ सिताराम’ यो उपमा उनलाई संचार माध्यमले दिएका हुन् । जहाँ जाम हुन्छ , त्यहाँ नेपाल ट्राफिकका पहरी निरिक्षक सिताराम हाछेथु (४९) पुगेका हुन्छन् । सधै सडकमा विहान सात बजे देखी राती सम्म हसिलो मुहार लिएर उपस्थित हुने सितारामलाई राजधानीका सडकहरुमा नचिन्ने सायदै होलान्।

ट्राफिक प्रहरीमा उनको कार्यशैली देखेर नै उनले समुदायबाट र प्रहरी निकयबाट गरेर १ सय २७ वटा पुरस्कार पाइसकेका छन् । आँफू जहाँ बस्छन्, त्यहाँ आँफूले जीवनमा पाएका उपहार देखी पुरस्कार सजाएर राखेका छन् उनले । सिताराम भन्छन्, ‘यी भित्तामा टासिएका प्रमणपत्र, फोटोहरुले जविनमा अझै काम गर्ने उत्साह दिन्छ ।’

Leave a Reply