Tag Archives: Air Pollution

मार्यो धुलोले: मापदण्डभन्दा ५ गुणा बढी वायु प्रदूषण

३ सय ६५ मा २ सय १० दिन त काठमाडौंमा पार्टिकुलर म्याटर (पीएम १०) को मात्रा मापदण्डभन्दा कैयौं गुणा बढी देखिन्छ,’ वायु प्रदूषणले स्वास्थ्यमा पारेको असरबारे अध्ययन गरेका स्वास्थ्य अनुसन्धान परिषद्का डा. खेमबहादुर कार्कीले भने, ‘रौंभन्दा कैयौं साना पीएम २.५ को मात्रा २ सय ७ दिन मापदण्डभन्दा माथि छ ।’

Sajha Sawal Episode – 473: धुवाँ धुलो लगायतका प्रदुषणले हैरान हुनुहुन्छ कि?

धुवाँ धुलो लगायतका प्रदुषणले हैरान हुनुहुन्छ कि? वातावरण तथा जनसंख्या मन्त्री जयदेव जोशी, वातावरण विद् भूषण तुलाधर, चिकित्सकहरु डा. सृजना बस्नेत र डा. अर्जुन कार्की संग आजको साझा सवाल धुवाँ-धुलो लगाएतका प्रदुषण र यसले मानव स्वास्थ्यमा पारेको असरमा केन्द्रित ।

काठमाडौंमा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा बीस गुण बढी प्रदूषण

केही बर्षअघि भएको एउटा अध्ययन अनुसार काठमाडौंमा सवारीसाधनले पिएम १० को मात्रा ३८ प्रतिशत ओगट्छ । यसैगरी सडकको धुलोका कारण २५, कृषिका कारण १८, इट्टाभट्टाका कारण ११, घरबाट ३, डढेलोबाट एक तथा अरु उद्योगबाट ३ र अन्य कारणले एक प्रतिशत प्रदूषण गराउंछ । पिएम १० र पिएम २.५ मानिसलाई विभिन्न रोग लाग्ने तथा मृत्युसम्म गराउने कारकका रुपमा लिइन्छ ।