Tag Archives: BBC Nepali

Sajha Sawal Episode 330: Being a Woman in Nepal

नेपालमा महिला हुनु अवसर हो कि चुनौति? छोरी भएर जन्मनु संभावना कि संकुचन? अन्तराष्ट्रिय महिला दिवसको आसपासमा आज हामी नेपाली महिलाहरुको समसामयिक सवालका बारेमा बहस गर्दैछौं । बहसमा हामीसँग संविधानसभाको उपाध्यक्ष तथा एमाओवादी नेता ओनसरी घर्ती, एमाले नेता एवं उर्जा मन्त्री राधा ज्ञवाली र त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागमा प्राध्यापन गर्ने युवराज लुईंटेल हुनुहुन्छ ।

Sajha Sawal Episode 329: Mid Hill Highway

पूर्वको पाँचथरदेखि पश्चिमको बैतडीसम्म फैलिएको मध्यपहाडी लोकमार्गमा पर्ने गरी सरकारले विकास गर्न लागेको १० वटा नमूना सहरमध्ये हामी यो साता तेह्रथुम जिल्लाको बसन्तपुरमा पुगेका छौं । खरबौं लगानी गरेर विकास गरिने मध्यपहाडी सडक र त्यो सडकमै पर्ने गरी बन्न लागेको नमूना सहरले सुविधा खोज्दै तराईतिर बसाइँ सर्ने क्रमलाई रोक्ने नीति निर्माताहरुको भनाइ छ । के … Continue reading Sajha Sawal Episode 329: Mid Hill Highway

Sajha Sawal Episode 326: Caste Based Discrimination

नेपालको संविधान र ऐनकानून अनुसार कथित तल्लो जात भनेर छुवाछुत गर्न पाइन्न । त्यसो गरेमा तीन वर्षसम्म कैद र २५ हजार रुपैंया जरिवाना हुन सक्ने कानून छ । जातीय भेदभाव कम गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट करोडौं खर्च हुन्छ । त्यस्तो भेदभाव गर्न पाइन्न भनेर संविधानमा लेखिएको छ । ऐनकानून बनेका छन् । के गर्यो … Continue reading Sajha Sawal Episode 326: Caste Based Discrimination

Sajha Sawal Episode 321: National ID Card [REPEAT]

तपाईंसँग परिचय खुल्ने नागरिकता, पासपोर्ट, सवारी चालक अनुमति पत्र, प्यान नम्बर लगायतका धेरै खालका कागजातहरु हुन सक्छन । थरी थरीका यस्ता कागजातहरुलाई केन्द्रिकृत गर्न भनेर राष्ट्रिय परिचयपत्र बनाउन सरकारले काम थालेको नै ३ वर्ष हुन लाग्यो । नागरिकको धेरैजसो गतिविधिलाई नियाल्न सक्ने भनिएको राष्ट्रिय परिचयपत्र कस्तो बन्नेछ? साझा सवालको यो भागमा हामीसँग नेपाल सरकारका पूर्वसचिव … Continue reading Sajha Sawal Episode 321: National ID Card [REPEAT]

Sajha Sawal Episode 320: Far West’s Expectation from Constituent Assembly

सुदुरपश्चिम ‘अखण्ड सुदुरपश्चिम’ र संघीय सुदुरपश्चिमको मागका बीचमा बेला बेलामा चर्चामा आइरहन्छ । केही समय अगाडि ‘अखण्ड सुदुरपश्चिम’ को माग गर्दे यहाँ आन्दोलन पनि भएको थियो । यता, सरकारले गठन गरेको सुदुरपश्चिम विकास आयोग भने सुन्दर सुदुरपश्चिमलाई अझै समृद्ध सुदुरपश्चिम बनाउने सपना बोकिरहेको छ । नयाँ संविधानसभासँग सुदुरपश्चिमबासीहरुको अपेक्षा के छ त? डोटी जिल्लाको सदरमुकामको … Continue reading Sajha Sawal Episode 320: Far West’s Expectation from Constituent Assembly

Sajha Sawal Episode 316: How Parties Ensure Inclusive Constituent Assembly?

“जनताबाट निर्वाचितहरुले संविधान लेखुन् भनेर संविधानसभाको निर्माण भयो भने धेरै जाति, क्षेत्र र लिङ्गको प्रतिनिधित्व होस् भन्दा संविधानसभा ६०१ सदस्यीय हुन पुग्यो । तर पनि विगतको तुलनामा नयाँ संविधानसभामा विभिन्न जाति र क्षेत्रको प्रतिनिधित्व कम हुने मात्र हैन महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नपुग्ने स्पष्ट संकेत देखिएको छ । संविधानसभामा समानुपातिक सभासद्हरुको नामावली सिफारिस गर्ने प्रमुख … Continue reading Sajha Sawal Episode 316: How Parties Ensure Inclusive Constituent Assembly?

BBC Sajha Sawal Episode 315: How Will This Constituent Assembly Work?

“दोस्रो संविधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फको नतीजामा विगतको संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी तेस्रो दलमा ओर्लिएको छ भने समानुपातिकको मतगणनामा पनि त्यस्तै संकेत देखिएको छ । तर आफ्नो पक्षमा अनपेक्षित परिणाम आउन थालेपछि चुनावी प्रक्रियामा धाँधली भएको भन्दै एकीकृत नेकपा माओवादीले संविधानसभामा भाग नलिई देशभर आन्दोलन गर्ने बताएको छ … Continue reading BBC Sajha Sawal Episode 315: How Will This Constituent Assembly Work?

BBC Sajha Sawal Episode 314: Election Preparation and Security

“निर्वाचन आचारसंहिता अनुसार, मतदानका लागि केही घण्टा मात्रै बाँकी रहँदा अहिले दल र उम्मेदवारहरु खुल्ला प्रचार प्रसार सकेर मौन अवधिमा छन। नेताहरु जित हारको हिसाव कितावमा व्यस्त रहे पनि सर्वसाधारण मतदातालाई भने यातायात बन्दका कारण भोट हाल्नै जान नपाइने पीर छ । साझा सवालको नियमित भन्दा अलि फरक कार्यक्रममा आज हामी मतदाताहरुको सुरक्षा र निष्पक्ष … Continue reading BBC Sajha Sawal Episode 314: Election Preparation and Security

BBC Sajha Sawal Episode 307: How Political Parties Choose Candidates?

“बाहिर समाचारमा संविधानसभाको दोस्रो चुनावमा उम्मेदवारको टिकटका लागि जिल्ला जिल्लाका कार्यकर्ताहरु नेताका घर, डेरा र पार्टी कार्यालय धाइरहेका छन्; अझ टिकट नपाए बागी हुने घुर्की लाइरहेका छन् भन्ने सुन्न पाइन्छ । भित्री कोठाहरुमा भने नेताहरु पार्टीको चुनावी प्रचार खर्च धान्न सक्ने उद्योगी व्यापारीहरु खोज्दै संविधानसभाको टिकट बाँड्दैछन् भनेर पनि आएको छ । यसरी मिसिएर आउने … Continue reading BBC Sajha Sawal Episode 307: How Political Parties Choose Candidates?

BBC Sajha Sawal Episode 306: National ID Card

“तपाईंसँग परिचय खुल्ने नागरिकता, पासपोर्ट, सवारी चालक अनुमति पत्र, प्यान नम्बर लगायतका धेरै खालका कागजातहरु हुन सक्छन । थरी थरीका यस्ता कागजातहरुलाई केन्द्रिकृत गर्न भनेर राष्ट्रिय परिचयपत्र बनाउन सरकारले काम थालेको नै ३ वर्ष हुन लाग्यो । नागरिकको धेरैजसो गतिविधिलाई नियाल्न सक्ने भनिएको राष्ट्रिय परिचयपत्र कस्तो बन्नेछ? साझा सवालको यो भागमा हामीसँग नेपाल सरकारका पूर्वसचिव … Continue reading BBC Sajha Sawal Episode 306: National ID Card

BBC Sajha Sawal Episode 302: What Voters Want to Know?

“सार्वजनिक खपतका लागि बोलिने नेताका बोली सुन्दा लाग्छ चुनाव मंसीर ४ मै हुन्छ । तोकिएको समय अर्थात् मंसीर ४ गते संविधानसभाको अर्को निर्वाचन गर्ने हो भने त्यसका लागि अव ३ महिनाको समय पनि बाँकी छैन । चुनाव होला वा नहोला भनी राजधानीमा राजनीतिक दल, तिनका नेता र कार्यकर्ताबीच रस्साकस्सी चलिरहदाँ मतदाता भने नेताबाट के जान्न … Continue reading BBC Sajha Sawal Episode 302: What Voters Want to Know?

BBC Sajha Sawal Episode 301: Government Service with Compensation

“तोकिएको समयभित्र सरकारी कर्मचारीले काम गरेनन् भने सेवाग्राहीले क्षतिपुर्ति पाउने व्यवस्था सरकारले गरेको छ । तर आम धारणा भने सरकारी कर्मचारीबाट काम लिन घुसै खुवाउनु पर्छ भन्ने छ । घुस नखुवाई कामै हुन्न भन्ने धारणा मानिसहरुमा किन परेको होला? सरकारले सबभन्दा धेरै जनसम्पर्क हुने ६ वटा सरकारी कार्यालयमा कर्मचारीले काम नगरे क्षतिपुर्ति दिने व्यवस्था गरेको … Continue reading BBC Sajha Sawal Episode 301: Government Service with Compensation

BBC Sajha Sawal Episode 299: Bird Flu, Its Impact on Human Health & Poultry Farming

“चरा र कुखुरामा हुने बर्ड फ्लु मान्छेमा सर्ने डरले सरकारले राजधानीसहित केहि जिल्लाहरुमा कुखुराको मासु वेचविखन र ओसारपसारमा प्रतिबन्ध लगाएको छ । कुखुराको मासु मात्रै महिनाको करिब ३ अर्व रुपैयाँ बराबर कारोबार हुने कुखुरा पालन व्यवसायको भविष्य के होला? विगत ३ सातामा ठाउँ ठाउँमा बर्ड फ्लु संक्रमणका खवर आएपछि राजधानी र वरिपरि कुखुराको मासु ओसारपसारमै … Continue reading BBC Sajha Sawal Episode 299: Bird Flu, Its Impact on Human Health & Poultry Farming

BBC Sajha Sawal Episode 298: Impunity on Violence Against Women

“बलात्कारको आरोप लगाएकोमा एक महिलामाथि मोरङको बेलबारीमा कुटपिट, कालो मोसो दल्ने र जुत्ताको माला लगाउने दुर्व्यवहार भएपछि महिलामाथि हुने हिंसा विरोधी आवाज फेरि चर्किएको छ । यो साता बेलबारी घटनाका कारण महिलामाथि हुने हिंसाविरोधी अभियानले फेरि धेरैको ध्यान तानेको छ । यस्ता हिंसा बढ्नुमा कानून कमजोर भएर हो कि दोषिले सजाय नपाएर, अथवा नेपाली समाज … Continue reading BBC Sajha Sawal Episode 298: Impunity on Violence Against Women

BBC Sajha Sawal Episode 297: Budget Allocation and Distribution

“सरकारले बजेट ल्याएपछि राष्ट्रपतिदेखि सहयोगी कर्मचारीसम्मले बढेको तलव र भत्ता पाउने भए। तर, कर तिर्ने करदाता र अरु सर्वसाधारणले के पाउने भए त? यो वर्षको बजेटमा शिक्षालाई ८० अर्ब, स्वास्थ्यलाई ३३ अर्ब ६९ करोड, कृषिलाई २१ अर्ब ४० करोड रकम छुट्याइएको छ । यसरी छुट्याइएको रकम किसानको हातसम्म कसरी पुग्छ त? साझा सवालको यो छलफलमा … Continue reading BBC Sajha Sawal Episode 297: Budget Allocation and Distribution

BBC Sajha Sawal Episode 294: Food Adulteration

“खानेकुराको स्वच्छता र शुद्धता नियमन गर्ने सरकारी निकायले पछिल्लो पटक गरेको बजार अनुगमनमा खाने तेल, पानी र दूधमा सबभन्दा धेरै समस्या रहेको देखाएको छ । बजारबाट किनेर खाने तेल, दूध, पानी र अन्य खानेकुरामा तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ? प्रत्येक नागरिकले हरेक दिन प्रयोग गर्ने खानेकुरा किन गुणस्तरीय हुन सकेन होला? सरकारी कमजोरी वा व्यापारीको … Continue reading BBC Sajha Sawal Episode 294: Food Adulteration

BBC Sajha Sawal Episode 289: Aviation Safety in Nepal

मुस्ताङको जोमसोममा १५ जनाको ज्यान जाने गरी अग्नि एअरको जहाज दुर्घटना भएको ठ्याक्कै एक वर्षपछि गत जेठ १ गते फेरि जोमसोममै नेपाल एअरलाईन्सको जहाज दुर्घटना भयो । त्यस्तै, सात महिना अघि राजधानीकै एयरपोर्ट नजिकै मनोहरा खोलामा सीता एअरको जहाज दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । यातायातमा सबैभन्दा सुरक्षित मानिने हवाई यात्रा नेपालमा किन … Continue reading BBC Sajha Sawal Episode 289: Aviation Safety in Nepal

नेपालमा सूचना प्रबिधिको बिकास बारे बहस – Information Technology and Prospects in Nepal

बीबीसी साझा सवाल को १६८ औ अंकमा नेपालमा सूचना प्रविधिको बिकासका बारेमा छलफल गरिएको छ । छलफलको बिषय संक्षेपमा देशको कुल जनसंख्याको करिव ३१ प्रतिशत अर्थात ८७ लाख नेपालीको हातमा मोबाईल सेट पुगिसकेकोछ। रोजगारीका लागि विदेश जानेहरु घरमा रहेकाहरुसँग अनलाईनमा कुरा गर्न रुचाउँछन। सरकार ई-गभर्नेन्स अर्थात विद्युतीय सरकारको कुरा गर्छ भने बिज्ञहरु नेपालमै बसेर विदेशको … Continue reading नेपालमा सूचना प्रबिधिको बिकास बारे बहस – Information Technology and Prospects in Nepal