Tag Archives: Black Money

‘कालोधन’ नेपाल फर्काउन सम्भव छ ? (भिडियोसहित)

स्वीट्जरल्यान्डको स्वीस बैंकमा ८ जना नेपालीले कालोधन थुपारेकोबारेमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गर्ने भएको छ । विभागका महानिर्देशक केबल भण्डारीले मंगलबार हामीसँग कुरा गर्दै कालोधन थुपार्ने नेपालीको विवरणबारे स्वीट्जरल्यान्ड सरकारसँग छलफल गरी कानुनी प्रक्रिया अघि बढाउन लागिएकोजानकारी दिए ।