Tag Archives: Constitutional Assembly

संबिधानसभा द्वारा संबिधान बनेको राष्ट्रबाट सिक्ने कि ?

संविधान सभा (वा संवैधानिक सम्मेलन) संविधान निर्माणको लागि गठन गरिएको एउटा संरचना हो । नेपालमा संविधानसभामार्फत संविधान बनाउने वहस २००७ सालबाटै सुरु भएको हो । विश्वका अभ्यासहरुलाई हेर्दा संविधान निर्माणको उद्देश्यहरु एउटै पाइदैनन् l राज्यको बिबिध अवस्था र राज्य भित्रको द्धन्द्ध समाधान गरी शान्ति स्थापना गर्ने उद्देश्यलाई सहयोग पुर्‍याउन नयाँ संविधान निर्माण गरिएका दृष्टान्तहरु भेटाउन सकिन्छ ।