Tag Archives: Image Sambad

निवर्तमान कृषिमन्त्री हरि पराजुली: मिडियाले महिलाको अपमान गरे, मैले केही गरेको छैन (भिडियो अन्तर्वार्ता)

निवर्तमान कृषिमन्त्री हरिप्रसाद पराजुलीले गत आषाढ १५ गते आफूसँग जोडिएको घटनाको समाचार सम्प्रेशन गर्नेक्रममा मिडियाले महिलाहरुको अपमान गरेको बताएका छन् । आषाढ १५ को सो घटनापछि पराजुलीले मन्त्री पदबाट राजीनामा दिएका थिए । सोही विषयमा आधारित भएर इमेज संवादमा पराजुलीले आफ्ना कुरा राखेका हुन् ।

‘नन्दप्रसादलाई सरकारले मान्छे नै सोचेन’ (भिडियोसहित)

करिब १० बर्ष चलेको माओवादी युद्धमा सयौं नेपाली मारिए । यसमध्येका गोरखा फूजेलका कृष्णप्रसाद अधिकारी पनि माओवादी युद्धमा मारिए । उनकै बुबा नन्दप्रसाद र आमा गंगामाया छोराको हत्याको छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्दै आमरण अनसनमा बसे । ३ सय ३२ दिन आमरण अनसन बसेकै बेला नन्दप्रसादको मृत्यु भयो ।