Tag Archives: King of Nepal

नारायणहिटी दरबारको बिजोग, इतिहास नास हुने खतरा (भिडियोसहित)

अढाइ सय वर्ष मुलुकको शासन र शक्तिमा रहेका शाहहरु इतिहास बने । त्योसँगै नारायणहिटी दरबारले आफ्नो पहिचान बदल्यो र बन्यो, संग्रहालय ।तर, जीवितइतिहासका रुपमा रहनुपर्ने त्यही संग्रहालयको आजको हालत देख्दा भने त्यहाँ पुग्ने हरेकको मन कटक्कै कुँढिन्छ ।

सन्दर्भ पुस १४ : सम्झनामा राजा वीरेन्द्र

केही वर्ष पहिले पुस १४ गते नेपालमा सार्वजनिक बिदा हुने गर्थ्यो, तत्कालीन राजा वीरेन्द्रवीर विक्रम शाहको जन्मदिनको उपलक्ष्यमा। अहिले देशमा गणतन्त्र आएको छ। राजतन्त्र देशबाट हटिसकेको छ। विक्रम संवत् २००२ साल पुस १४ गते जन्मिएका वीरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रवार राति नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो।