Tag Archives: Nepal Earthquake 2015

Nagarik Show: Nepal EarthQuake, Sindhupalchok

शासनको केन्द्र काठमाडौंसँग कुम जोडेर बसेका सिन्धुपाल्चोकबासी भूकम्प गएसँगै काठमाडौंसँग टाढिएको अनुभव गर्दैछन्। शनिबार गएको भूकम्पछि यहाँ बत्ती छैन, खानेपानी छैन, खाना छैन र घरभित्र आफन्तका लाश छन्। उनीहरुको प्रश्न छ- कहाँ छ सरकार?

श्रद्धान्जली दिवंगत आत्माहरुलाई (२०७२-०१-१२,११:५६ बजे)

धर्ती फाट्यो भवन ढल्यो देश भयो धुलोमैलो । उजाडियो क्षणभरमा कैयौं नेपालीको घरदैलो । बाँकी रहेन बिनाशको गती मठमान्दिर नि भात्कियो । आफ्नै आँखा अगाडी हेर कति आमाको कोख रितियो ।