Tag Archives: Nepal

बन्द समर्थक र विरोधीबीच नयाँ बानेश्वरमा भएको तनाव

सत्तापक्षले बहुमतका आधारमा पेल्न खोजेको आरोप लगाउँदै आन्दोलनरत ३० दलीय मोर्चाले गरेको ‘ताम्सालिङ-नेवा, मधेस बन्द’ साँझ ५ बजेदेखि खुला भएको छ। बन्दका कारण काठमाडौं उपत्यकासहित मुलुकका ३३ जिल्लाको जनजीवन प्रभावित भएको छ।

अमेरिकामा महिला अधिकारकर्मी डा परियार तथा पूर्व मन्त्रि सम्मानित

गत जनवरी ३ तारिख अमेरिकाको सन् फ्रान्सिस्कोमा नेपाली समुदायले स्थापना गरेका नेपाल एसोसिएसन अफ ग्लोबल कर्पोरेसन तथा वेस्ट अमेरिका नेपाली एसोसिएसनले सयुक्त रुपमा आयोजना गरेको अधिवेसनमा महिला अधिकारकर्मी तथा समाज सेवी डा बिष्णुमाया परियार तथा पूर्व मन्त्रि बल बहादुर केसीलाई सयुक्त रुपमा सम्मान गरेको छ l

संबिधानसभा द्वारा संबिधान बनेको राष्ट्रबाट सिक्ने कि ?

संविधान सभा (वा संवैधानिक सम्मेलन) संविधान निर्माणको लागि गठन गरिएको एउटा संरचना हो । नेपालमा संविधानसभामार्फत संविधान बनाउने वहस २००७ सालबाटै सुरु भएको हो । विश्वका अभ्यासहरुलाई हेर्दा संविधान निर्माणको उद्देश्यहरु एउटै पाइदैनन् l राज्यको बिबिध अवस्था र राज्य भित्रको द्धन्द्ध समाधान गरी शान्ति स्थापना गर्ने उद्देश्यलाई सहयोग पुर्‍याउन नयाँ संविधान निर्माण गरिएका दृष्टान्तहरु भेटाउन सकिन्छ ।

महिलाका लागी मात्र बस सेवा सञ्चालनमा आयो (भिडियोसहित)

बागमती यातायात व्यावसायी संघले महिलाका लागि मात्रै बस सेवा सञ्चालनमा ल्याएको छ । बिहान र बेलुका कार्यालय समयका लागि मात्रै ४ वटा बस सञ्चालन गरिएको हो । कंलकीबाट त्रिपुरेश्वर, नयाँ बानेश्वर, कोटेश्वर हुँदै भक्तपुरको बालकोटसम्म यी बस सञ्चालन गरिने छ ।

सन्दर्भ पुस १४ : सम्झनामा राजा वीरेन्द्र

केही वर्ष पहिले पुस १४ गते नेपालमा सार्वजनिक बिदा हुने गर्थ्यो, तत्कालीन राजा वीरेन्द्रवीर विक्रम शाहको जन्मदिनको उपलक्ष्यमा। अहिले देशमा गणतन्त्र आएको छ। राजतन्त्र देशबाट हटिसकेको छ। विक्रम संवत् २००२ साल पुस १४ गते जन्मिएका वीरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रवार राति नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो।

पेट्रोलियम पदार्थको मूल्य घट्यो तर सवारी भाडा घटेन(भिडियोसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि सवारी भाडा र खाद्यान्नको मूल्य नघटेकोप्रति नागरिकस्तरमा गुनासो बढेको छ । उनीहरुले तत्काल मूल्य घटाउन माग गर्दै सरकारमाथि आक्रोशसमेत पोखेका छन् ।