Tag Archives: Politics

कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने

हाम्रा पुर्खा र अग्रजहरुले देखाएको सुमार्ग ,आदर्श बलिदानका गाथाहरुलाई शिरोधार्य गर्न नसके स्व मदन भण्डारीले राजालाई चुनौती दिदै श्रीपेज खोलि आए आफु चुनाब लड्ने र जनताको बलले हराउने छौ भनि भने जस्तै कुर्सिको मोहलाई बलिदान दिन नसके यो सामुन्द्रिक आंधीले ठुलो तहस नहस अवश्य गर्ने छ ।कुर्सिको मोह र सत्ता कब्जा गर्ने नियति र कूबिचार कुनै पनि स्वाभिमानी नेपालीमा नउब्जियोस । यसले कसैको भलाई गर्दैन र यो पाठ हामी सबैले सिक्नु पर्ने हुन्छ ।

चुनावी माहैल बन्यो तर सरकारको नेतृत्वमा अझै किचलो

बजेट वा निर्वाचन जुनसुकै विषय भएपनि मुख्य कुरा भने सत्तामै अड्कीएको छ । सत्ताको नेतृत्व कसले लिने भन्नेमा अहिले पनि विवाद छ । सबै बहस र तर्कका पछाडी यही सत्ताको नेतृत्व नै हो । बजेट पनि आउन दिने, चुनावमा पनि जान सकिने तर त्यसका लागि कसको नेतृत्व भन्नेमा अहिले पनि विरोधाभास र आ आप्ना दावी छन् । डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको माओवादी सरकार नहटेसम्म कुनै पनि विषयमा सहमती हुन नसक्नेमा कांग्रेस एमालेको अडान छ ।