Tag Archives: RSS

गाउँमा कम्प्युटर

म्याग्दीको महेन्द्र माध्यमिक विद्यालयमा कम्प्युटर सिक्दै बालबालिका । विद्यालयले कम्प्युटर शिक्षा सुरु गरेपछि गाउँका बालबालिकाले कम्प्युटर शिक्षा लिने अबसर पाएका छन् । तस्बिर: कमल खत्री, म्याग्दी, रासस

जुम्लाकी लाउरीमाया थामीलाई अन्तर्राष्ट्रिय पुरस्कार

ग्रामीण भेकमा रहेर बालविवाह, छाउपडी र जातीय छुवाछुतविरुद्ध जनचेतना जगाउन पु¥याएको योगदानलाई कदर गर्दै समाज रुपान्तरणमा निरन्तर खटिएकी थामीलाई अन्तर्राष्ट्रिय बुमन समिट फाउन्डेसन जेनेभा स्वीट्जरल्यान्डले उक्त पुरस्कार प्रदान गरेको हो ।

यार्सागुम्बा सङ्कलन गर्ने बेला भयो

मेली सामुदायिक वन अन्तर्गतका यार्सा पाटनमा एकैठाँउमा जम्मा गरेर वन खुल्ला गरिएको जानकारी गराएपछि सामूहिकरुपमा बहुमुल्य जडिबुटी यार्सागुम्बा सङ्कलन गर्न जाँदै सर्वसाधारण । यार्सागुम्बा सङ्कलन गर्ने समयमा विभिन्न जिल्लाबाट सर्वसाधारण डोल्पा आउने गर्दछन् । तस्बिर: रामचन्द्र न्यौपाने, डोल्पा, रासस ।

जीर्ण बनेको सम्पदाको सहर भादगाउँ

विनाशकारी भूकम्पपछि टेकोमा अडिएर जीर्ण बनेको सम्पदाको सहर भादगाउँ । यहाँका ९० प्रतिशत पुराना घर र सम्पदाहरु टेकोमा अडिएको छ । तस्बिर: रमेश गिरी, भक्तपुर –रासस

पीडा पोख्दै भूकम्पपीडित नारायणदेवी श्रेष्ठ

एमाओबादी अध्यक्ष पुष्पकमल दाहालसमक्ष पीडा पोख्दै गोरखाको आरुचनौटे गाबिस–३ आरुटारकी भूकम्पपीडित नारायणदेवी श्रेष्ठ । श्रेष्ठकी छोरी र नातिको भूकम्पमा परेर मृत्यु भएको थियो । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस