Tag Archives: Rural Development

साझा सवाल अङ्क – ४८९ हुम्ली जनजीवन

बहुपति प्रथा, हलिया राख्ने चलन, विरामी हुँदा श्रीमान् नभएर पाउन नसकेको उपचार, गाउँले सल्लाह गरेर सबैले एउटै उम्मेदवारलाई भोट हाल्ने मुखियाको निर्णय अनि ३ किलोमिटर मात्र गुड्ने सदरमुकामको एउटा मात्र गाडी। यस्तै यस्तै हुम्लाको खवर समेटिएको साझा सवाल हेर्नुहोस्।

साझा सवाल अङ्क – ४८६ कसले रोक्यो हुम्लाको विकास ?

जम्मा ५० हजार जनसंख्या रहेको हुम्लामा जडिबुटी, पर्यटन र जलस्रोतको अपार सम्भाना छ भनिन्छ तर जहिल्यै गरिबी र अभाबको विम्ब बनिरहेकै छ हुम्ला । को हो त हुम्ला विकासको बाधक ? के छन् त राजनीतिक दलका नेताको हुम्लालाई समृद्द बनाउने योजना ?

साझा सवाल अङ्क – ४८५ डोल्पामा विकासबारे बहस

डोल्पाको सदरमुकाम दुनैमा नेपाली कांग्रेसका पूर्वसाँसद दुधकुमारी हमाल, नेकपा एमालेका केन्द्रिय सदस्य हंशबहादुर शाही, नेकपा (माओवादी केन्द्र) का रामलाल विश्वकर्मा र उपल्लो डोल्पाबासी आङबहादुर लामासँग विकासबारे गरिएको बहस ।

Sajha Sawal Episode – 474 Development of Khotang

दुधकोशीमा स्थायी पुल बन्नेकाम पुरा नहुँदा खोटाङवासीले हिउँदमा पनि राम्रोसंग मोटरमा यात्रा गर्न पाएका छैनन् । बन्दै गरेको मध्यपहाडी लोकमार्गको अवस्था पनि उस्तै छ ।
आधि अधुरो पुल बनाईमाग्न सडक विभाग घेर्न पुगेका सांसद प्रहरीको कुटाइ खाएर फर्के । जिल्ला अस्पतालको ६ ट्रयाक्टर सामान २६ हजारमा लिलाम गरे । बिरामीको उपचार गर्ने अौजार उपकरण छैन । कोहि खरेडीको मारमा परेका छन् त कसैलाई पिउने पानी छैन । बल्लतल्ल पाएको खानेपानीको योजना पानीको मुहान ILO 169 ले रोकिदियो रे । यस्तै छ पुर्वी पहाडी जिल्ला खोटाङको दु:ख ।

Sajha Sawal-463 Development of Karnali

कर्णाली कति फेरियो ? कति फेरिन बाँकी छ ?
नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सत्य पहाडी, नेकपा एमालेका सांसद तुलाराज विष्ट र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुशन्धान केन्द्रका कार्यकारी निर्देशक मीनबहादुर शाहीसंग कालीकोट सदरमुकाम मान्ममा गरिएको बहस ।