Tag Archives: Sajha Sawal

Sajha Sawal Episode – 422 Inspiring People with Disability

‘प्यारालाइसिसले मेरा दुईवटै खुट्टा चल्दैनन्। मेहनत गरेर पढे। एमबिबिएसमा नाम निकाले। मणिपाल कलेज टपे। अहिले टिचिङमा विशेषज्ञ डाक्टर छु,’ डा.शर्मा पौडेल जस्तै अपाङ्गता भएका पौरखीहरुको कथा साझा सवालमा

Sajha Sawal Episode – 421 Earthquake Reconstruction Sindhupalchwok

भूइँचालो गएको ७ महिना बितिसक्यो । गर्मी र झरी अस्थायी टहरामा बिताइसकेका भूकम्प प्रभावितहरुको जाडो कसरी कट्ला त? कहिले र कसरी उनीहरुको जीवन सामान्य बन्ला? आजको साझा सवाल सांसदहरु शेरबहादुर तामाङ, कमला पन्त र राममाया बोगटीसँग सिन्धुपाल्चोकको चौताराबाट ।

Sajha Sawal Episode 409 Terai Movement

एक महिनादेखि तराईमा जारी आन्दोलनबारे सूचना तथा संचार मन्त्री मीनेन्द्र रीजाल, मधेसी जनअधिकार फोरमका उपाध्यक्ष जितेन्द्र देव र थरुहट तराई पार्टी नेपालकी उपाध्यक्ष गंगा चौधरीसँग गरिएको साझा सवाल

Sajha Sawal Episode 408 Medical Education

मेडिकल शिक्षामा देखिएका विवादबारे स्वास्थ्य मन्त्री खगराज अधिकारी, काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल डा. चन्दा कार्की र चिकित्सा शिक्षा सुधारका लागि गठित कार्यदलका सदस्य डा. भगवान कोइरालासँगको बहस

Sajha Sawal Episode 407 Development of Eastern Hills

पहाडको विकास कसरी गर्न सकिएला? आजको साझा सवालको बहस: ओखलढुङ्गाका सभासद् यज्ञराज सुनुवार, संसदको विकास समितिका सदस्य अनीता देवकोटा र विकासविद् द्वारिकानाथ ढुङ्गेलसँग

Sajha Sawal Episode 405 Demarcation of Federalism

संविधानको मस्यौदामा राखिएको सीमाङ्कनसहितको ६ प्रदेशको विषयमा ६ वटै प्रदेशबाट डाकिएका सहभागीहरुमाझ एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई र विश्लेषक सिके लालसँग गरिएको साझा सवालको बहस

Sajha Sawal Episode 404 Issues of Dalits

नेपालमा वर्षौंदेखि रहेको जातीय विभेद र छुवाछुतको अन्त्य कहिले र कसरी गर्न सकिएला? नेपाली काँग्रेसका नेता प्रदीप गिरी, एमाओवादीका विश्वभक्त दुलाल ‘आहुती’ र अभिनेता राजेश हमालसँग सप्तरीमा गरिएको बहस ।

Sajha Sawal Episode 402 : Jhalanath Khanal and Kamal Thapa

संविधानको मस्यौदामा नागरिकले दिएका सुझाबहरु कसरी समेटिन्छन् त ? पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल र राप्रपा नेपालका अध्यक्ष कमल थापासंग काठमाडौमा गरिएको साझा सवालको बहस ।

Sajha Sawal Episode 401 People question Leaders about Constitution

कन्चनपुरको महेन्द्रनगरमा रेकर्ड गरिएको आजको कार्यक्रममा संविधानको मस्यौदा र दलहरुका अन्य प्रतिबद्धताबारे नागरिकका प्रश्न सिँचाइ मन्त्री एन पी साउद, सभासद् कलसा महरा र एमाले नेता उर्वादत्त पन्तलाई ।

Sajha Sawal Episode 396 – Hope for New Constitution

प्रमूख दलहरुबीच ८ वर्षदेखि मिल्न नसकेका संविधानका विवादित विषयमा भएको १६ बुँदै सहमतिपछि नागरिकमा छिटै नयाँ संविधान आउने आशा जागेको छ । तर यही सहमतिमा टेकेर ल्याइने नयाँ संविधानले नागरिकका अपेक्षा पुरा गर्ला ?

Sajha Sawal Episode 388: New Year New Hopes

नयाँ वर्षसँगै पात्रोहरु मात्रै हैन, नागरिकको आशा, अपेक्षा पनि नवीकरण हुन्छन् । यो वर्ष के हुँदैछन् त आशालाग्दा कामहरु? साझा सवालको यो अंकमा हामी केही आशलाग्दा कामहरुको बारेमा छलफल गर्दैछौं ।

Sajha Sawal Episode 387: Post-conflict Situation (Rukum)

जुन सपना देखाएर सशस्त्र द्वन्द्व शुरु भयो, ती कति पुरा भए? कति भएनन्? सशस्त्र द्वन्द्व सकिएको नौ वर्ष पुरा भइसक्दा अपेक्षाअनुसार पुनर्निर्माण र विकासका काम भइरहेका छन् त?

Sajha Sawal Episode 385: Land Issues (Dang)

राणाकालदेखि जग्गा बाँड्न थालेको सरकारले पञ्चायत, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि लालपुर्जा बाँडेको बाँड्यै छ । तर पनि सुकुम्बासी र भूमिहीनहरुको समस्या सुल्झिएको छैन बरु बल्झिरहेको छ ।