Tag Archives: YCL

वाइसिएलको लाठी सर्वसाधारणको टाउकोमा बर्सियो

भृकुटीमण्डपबाट सडक कब्जा गर्दै जुलुस लाग्यो भद्रकालीतर्फ। उत्तेजित जुलुस देखेर गाडी र मोटरसाइकल चालकहरु तर्केर हतार हतार मोड्दै थिए। सेनाको मुख्यालय जाने बाटो अगाडि भद्रकालीमा एउटा बाइक आयो। बाइकले हर्न बजाएको जस्तो लागेको थियो, प्रदर्शनकारीहरुले लाठी बर्साइहाले।