Interview with Nobel Laureate Kailash Satyarthi

२४ वर्षदेखि बाल अधिकारको क्षेत्रमा लागिपरेका कैलाश सत्यार्थीले नोबेल पुरस्कार पाएदेखि उनको नेपाली साइनोको सोधखोज भइरहेको छ ।

सत्यार्थीले भारतमा बचपन बचाओ आन्दोलन मार्फत ८० हजार भन्दा धेरै बालबालिकालाई कठोर श्रमबाट मुक्ति दिलाएका छन् । बालश्रमबाट उद्दार गरिएका बालबालिकाको पुनर्वास तथा शिक्षामा रातोदिन लागिरहेका सत्यार्थीले विभिन्न भारतीय शहरबाट श्रम गर्न बाध्य बनाइएका सयौं नेपाली बालबालिकालाई पनि उद्वार गरेका छन् ।

पेशाले इलेक्ट्रोनिक इन्जिनियर सत्यार्थीले २६ वर्षको उमेरमै आफ्नो इन्जिनियरिङ क्यारियर त्यागेर बालबालिकाको क्षेत्रमा काम सुरु गरेका हुन् ।

आज उनै सत्यार्थीसँग मैले नोबेल पुरस्कारसम्मको उनको यात्रा बारे जान्ने कोशिष गरेको छु । हामीले बालबालिकालाई कस्तो संसार र संस्कार दिने ? सत्यार्थीकै मुखबाट जानौं ।

Leave a Reply