Tag Archives: Nepali Bhasa

भाषा भाबी पिढीको लागि संरक्षण गर्नु पर्छ

नेल्सन मण्डेलाले भनेको जस्तै हामी नेपाली मूलका नेपालीहरुलाई सर्बाधिक सम्पर्कको भाषा ,अंग्रेजी भाषा प्रयोग गर्यौ भने हाम्रो मस्तिष्कमा सम्म पुग्दछ तर हाम्रो राष्ट्रिय भाषा बोलि दियौ भने हाम्रो हृदय सम्म पुग्दछ । तसर्थ मस्तिष्क सम्म पुर्याउने वा हृदय सम्म पुर्याउने भन्ने प्रश्न यहाहरुलाई छोडदै ,हामी सबैले भाषा सम्बर्धन सम्बन्धमा बिकुल फुकेमा भाषा मौलाउने छ र चिरन्जीवी हुनेछ ।

भाषा पतन भए हाम्रो पहिचान मासिने

भानु भक्त ,मोतीराम र पृथ्वी नारायण शाहले नेपाली भाषा प्रति देखाएको श्रद्धा ,चिन्तन र दर्शनलाई हामी र हाम्रा पिढीले संरक्षण गर्नु पर्दछ । हाम्रो भाषा हामी सबैको प्रतिष्ठा र गौरब हो । सबैले नेपालीले यसको मर्म र भावना बुझ्न सके हाम्रो भाषा पतन हुनबाट जोगिन्छ र हाम्रो पहिचान कालजयी हुनेछ ।

हाम्रो धर्म-भाषा संरक्षण

नालापानी र सिन्धुलीकोयुद्धमा अंग्रेजलाई हराउने हैशियत राख्ने हामी बिर गोर्खाली हौ । नेपाली भाषाकोसर्वप्रथम अध्ययन रोमबाट अर्थात् बिदेशी माटोमा भएको थियो भने नेपाली भाषाको पहिलो व्याकरण प्रा जेए एटनले गरेका थिए । यस्तो ईतिहास बोकेको हाम्रो राष्ट्र ररास्ट्रिय भाषालाई हामी सबै मिलेर सम्बर्धन र संरक्षणगरेमा हाम्रा पिढीले हाम्रो त्याग र बलिदानलाई कहिले बिर्सने छैनन् । – विजय थापा

भाषाले देश प्रेम जागृत गराउछ

जुनसुकै देशमा बसोबास गरे पनि त्यही देशको राष्ट्र भाषा अनिवार्य हुन्छ त्यसको साथै हाम्रो भाषालाई पनि उतिकै उच्च मान्यता दिन सके हाम्रो भाषाको कहिले बिनास र बिलय हुदैन । – विजय थापा, हाल भर्जिनिया, सयुक्त राज्य अमेरिका

भाषा नरहे – अस्तित्व समाप्त

भाषा, नेपाली भाषा अनि राष्ट्र भाषा !अब सूचना जस्तै भाषालाई निरन्तर रुपमा संचार माध्यममा प्रकाशित र पुर्याउन सकेन भने ठुलो अनिस्ठ हुने निश्चित छ, नेपाली भाषा ठुलो संकटमा पर्ने, कतै सुनामी आई भद्रगोल त पार्दैन भन्ने यो पंक्तिकारलाई बारम्बार घोची रहन्छ ।