Tag Archives: Nepali Article

स्वर्गीय उद्योगपति राठी – एक संस्मरण

अमेरिका ,माघ २२ ,करिब तीन हप्ता अगाडी अपहरणको शिकारमा परि नेपालको औधोगिक नगरी बिराटनगरका एक प्रतिष्ठित उद्योगपति ,समाजसेवी र असल अभिभावक गंगा बिसन राठीको सुनियोजित ढंगबाट गरिएको हत्याको खबरले सबैलाई मर्माहत बनाएको छ । आफु सात समुद्र पारी अमेरिकामा रहेता पनि अतितमा आफुले पटक पटक यस्ता मृदुभाषी र स्वभावले नै मिजासिला प्रवृतिका कुबेरसंग बिराटनगरमा साक्षात्कार भएका केहि स्मरणहरु मेरो मस्तिष्कमा अझै सावनको भेल जस्तै कुरा खेली रहेको छ ।

हाम्रो धर्म-भाषा संरक्षण

नालापानी र सिन्धुलीकोयुद्धमा अंग्रेजलाई हराउने हैशियत राख्ने हामी बिर गोर्खाली हौ । नेपाली भाषाकोसर्वप्रथम अध्ययन रोमबाट अर्थात् बिदेशी माटोमा भएको थियो भने नेपाली भाषाको पहिलो व्याकरण प्रा जेए एटनले गरेका थिए । यस्तो ईतिहास बोकेको हाम्रो राष्ट्र ररास्ट्रिय भाषालाई हामी सबै मिलेर सम्बर्धन र संरक्षणगरेमा हाम्रा पिढीले हाम्रो त्याग र बलिदानलाई कहिले बिर्सने छैनन् । – विजय थापा

स्तब्ध!!!!

समाजबाट म हेपिएको छु, बहिष्कृत भएको छु, सबैले मलाई नराम्रै दृष्टिले हेर्छन्, लाग्छ यहाँ मान्छेभित्रको मान्छेनै छैन कि जस्तो । म सोच्न सकिरहेको छैन कि म के गरूँ । कसलाई गएर भनूँ मेरा मनका बेदना र पीर-व्यथा । सुन्ने कोही छैन । म बिवश छु, मौन छु र स्तब्ध पनि ।

पम्फा देखी पबी सम्मको यात्रामा चेली

उसको नाम पबी हो । कुनै बिकसित देशको कलेजमा पढ्न नाम दर्ता गरेकी छ । काम नगरि पढ्न नसक्नु उस्को बाध्यता हो । त्यसैले एउटा ग्यास स्टेसनमा क्याशिएरको काम गर्छे । उस्को हाउभाउ र चाल्चलन हेर्न लायककै छ । लज्जा नारिको गहना हो भन्ने नेपाली उखान उस्ले बिर्सिसकी । जो सँग पनि मस्किएर बोल्नु उस्को बानी मात्र होइन बाध्यता पनि हो किनकी साहुले सबै ग्राहक सँग हासेर बोल्नु पर्ने नियम नै बनाइदियको छ । तर पबी त्यो भन्दा पनि उदार छे । राम्रो सँग नमिलेका दात ङिच्च देखाउन उस्लाई खोइ किन हो अती मन पर्छ । अली खाइलाग्दो त्यस माथि अस्वेत युबक देखी भने त उस्को चेहरा नै अर्कै हुन्छ । धपक्क बल्छ उस्को अनुहार । उत्ताउली हुँदै कती सँग त अङ्कमाल गर्नै बाहिरै आइपुग्छे । कती ग्राहक त “पबी” कै लागि लामै यात्रा गरेर आइपुग्छन् । समग्रमा उ हसिली, फरासिली र नेपाली सन्स्कार अनुसार उत्ताउली छ । बाँकी फेरी भनौला एक्छिन उ को हो चिनौ । उस्को पृष्‍ठभुमी बारे कुरा गरौ ।

नचिनेको साली र डिएफडब्लुनेपाल डट कम

लिविङ रुममा समानहरु छरपस्ट छन् । तिस डलरको टि.भी मा बिज्ञापन बजिरहेछ । हुलाकले पठाएका चिट्ठी पत्रहरु यत्र तत्र सर्बत्र छन् । “जती च्यात्यो उती आइरहने” झनक्क रिस उठ्छ । ढिलो उठेकोले भोक औधी लागेको छ । भान्छामा छिर्छु, फ्रिज खोल्छु । फ्रिजमा पकाएर हिजो अस्ति देखि राखेका बासी खानेकुराहरु प्लास्टिकको भाडामा बिर्कै नलगाइ राखिएका … Continue reading नचिनेको साली र डिएफडब्लुनेपाल डट कम