Tag Archives: BBC

साझा सवाल अङ्क ४९४ – कस्तो छ तयारी, स्थानीय तह निर्वाचन दोस्रो चरणको ?

मतदाताको उत्साहपूर्ण सहभागीताका साथ पहिलो चरणको चुनाव सकिएपछि निर्वाचन आयोग जेठ ३१ मा हुने दोस्रो चरणको निर्वाचन तयारिमा लागेको छ। नयाँ संविधान आएदेखि नै पटक पटक आन्दोलन चर्केको तराईको अत्यधिक भाग सहितको चार प्रदेशमा हुन लागेको निर्वाचनका लागि राजनीतिक वातावरण चाँहि कसरि तयार हुँदैछ? नेपाली कांग्रेसका नेता तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र यादव र नेकपा एमालेकी नेता विन्दा पाण्डेसँग सहभागीहरूको बहस ।

साझा सवाल अङ्क – ४९३ संसद, सरकार र न्यायालयबीचको सम्बन्ध

चुनावपछि बन्ने स्थानीय तहलाई न्याय सम्पादनको जिम्मेवारी पनि दिइएको छ भने संघीयतासँगै अदालतको संरचना पनि परिवर्तन हुँदैछ। स्थानीय, प्रदेश र केन्द्रको सरकार, संसद र विभिन्न तहमा हुने न्यायालयबीचको सम्बन्ध कस्तो हुनुपर्छ?

साझा सवाल अङ्क – ४९२ स्थानीय तहको निर्वाचन – यसरी गर्ने हो मतदान

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यसपाली साझा सवालमा नमूना मतदान केन्द्रमा देशभरिका ६० जना मतदाताले भोट हाले र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र पूर्व निर्वाचन आयुक्त उषा नेपालसँग मनदान प्रकृयाबारे गरिएको बहस ।

साझा सवाल ४९१ : बाँचेकै छन् मान्छेहरु । सिन्धुपाल्चोक

सेलाङ, सिन्धुपाल्चोकका भूकम्प प्रभावितहरुसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका
प्रमुख कार्यकारी अधिकृत गोविन्द पोख्रेल, कलाकार मनिषा कोइराला र सांसद अग्नी सापकोटाको बहस।

साझा सवाल अङ्क – ४८९ हुम्ली जनजीवन

बहुपति प्रथा, हलिया राख्ने चलन, विरामी हुँदा श्रीमान् नभएर पाउन नसकेको उपचार, गाउँले सल्लाह गरेर सबैले एउटै उम्मेदवारलाई भोट हाल्ने मुखियाको निर्णय अनि ३ किलोमिटर मात्र गुड्ने सदरमुकामको एउटा मात्र गाडी। यस्तै यस्तै हुम्लाको खवर समेटिएको साझा सवाल हेर्नुहोस्।

साझा सवाल अङ्क – ४८७ स्थानीय तहको निर्वाचन

अब बन्ने स्थानीय सरकार पहिलेको स्थानीय निकाय भन्दा के फरक हो ? अनि बैशाख ३१ मा भोट हाल्ने वातावरण बन्यो? निर्वाचन आयुक्त इला शर्मा, एमाले नेता राजेन्द्र पाण्डे र कांग्रेस नेता एनपी साउदसँग

साझा सवाल अङ्क – ४८६ कसले रोक्यो हुम्लाको विकास ?

जम्मा ५० हजार जनसंख्या रहेको हुम्लामा जडिबुटी, पर्यटन र जलस्रोतको अपार सम्भाना छ भनिन्छ तर जहिल्यै गरिबी र अभाबको विम्ब बनिरहेकै छ हुम्ला । को हो त हुम्ला विकासको बाधक ? के छन् त राजनीतिक दलका नेताको हुम्लालाई समृद्द बनाउने योजना ?

साझा सवाल अङ्क – ४८५ डोल्पामा विकासबारे बहस

डोल्पाको सदरमुकाम दुनैमा नेपाली कांग्रेसका पूर्वसाँसद दुधकुमारी हमाल, नेकपा एमालेका केन्द्रिय सदस्य हंशबहादुर शाही, नेकपा (माओवादी केन्द्र) का रामलाल विश्वकर्मा र उपल्लो डोल्पाबासी आङबहादुर लामासँग विकासबारे गरिएको बहस ।

Sajha Sawal Epi 483- ‘सिंहदरवार’ के हो? मानिस किन धाउँछन् सिंहदरवार?

सिंहदरवार राणाकालदेखिनै शासन सत्ताको केन्द्रमा रहेको सिंहदरवार छ चाहिँ कस्तो ? अनि नागरिकहरु किन आउँछन त सिंहदरवार ? यो साताको साझा सवाल सिंहदरवारबाट ।

Sajha Sawal Epi – 482: विद्यार्थी राजनीतिले उच्च शिक्षामा पारेको प्रभाब

स्वतन्त्र विद्यार्थी युनियनको नाममा क्याम्पस भित्र छिरेको राजनीतिले विद्यार्थीको पढाईमा सपारेको छ कि बिगारेको ?
विद्यार्थी नेताहरू नेविसंघका अध्यक्ष, नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नवीना लामा, त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठी अनि रत्न राज्यलक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख निर्मला सुवालसँग सहभागीहरूको बहस ।

Sajha Sawal Epi – 481 विकास बारे बहस – तानसेन, पाल्पा

पाल्पाली ढाका कपडा र करूवाले प्रख्यात पाल्पाबासी आफ्ना क्षेत्रका सांसदहरूलाई के सोध्न चाहन्छन त ?
नेकपा एमालेका सांसद तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेय, नेपाली कांग्रेसका सांसद हरिप्रसाद नेपाल र नेकपा (माओवादी केन्द्र) का नेता तुलसा रानासँग पाल्पाबासीको बहस । तानसेनस्थित पाल्पा दरवारबाट ।

Sajha Sawal-478 Delay in development projects

सडक, पुल, खानेपानी, सिँचाई लगायत विकास आयोजनाको काम किन तोकिएको समयमा पुरा हुँदैनन् । निर्माण व्यवसायी जयराम लामिछाने, पूर्व सचिव रामेश्वर खनाल र सांसद् एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग सहभागीको बहस ।

Sajha Sawal Episode – 477 End of Load Shedding? With Head of NEA Kulman Ghising

लोडसेडिङ सधैका लागि कहिले हट्ला, र छेलोखेलो बिजुली पाईएला ? नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सांसद तथा पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’सँगको बहस

Sajha Sawal Episode – 476 Development of Bhojpur

यो साताको साझा सवाल पूर्वी पहाडको भोजपुरबाट ।
सांसद/पूर्व मन्त्री शेरधन राई, पूर्व सचिव/मन्त्री शंकर कोईराला र स्थानीय विकास अधिकारी सीता परियारसँग भोजपुरवासीको बहस ।

Sajha Sawal Episode – 475 Youth Leaders

युवा नेताहरुलाई निर्णायक ठाउँमा जान र देशलाई समृद्धिको यात्रामा लान के ले रोकेको छ? युवा नेताहरू रवीन्द्र अधिकारी, प्रदीप पौडेल, देवी खड्का र रानी शर्मा तिवारीसँगको बहस।