All posts by Nepali Maiya

टुटेका सपनाहरु

एक पछि अर्को गरि सपनाहरु मलाई छोडेर गए । हिजो मात्र लाग्छ नशामा नाचेको आज त रक्शी बिनानै बेहोश भए । जिन्दगी छोटो छ भन्छन दुइदिने यो घाम-छायां रे । खै त? अझै जिउदै छु म त्यस्ता ‘दुइदिन’ कत्ती आए कत्ती गए । अइना हेरी आफैसंग कयौ पटक प्रश्न गरे । मरी लानु के नै … Continue reading टुटेका सपनाहरु

के पायौ त तिमीले?

बदनाम गरेर मेरो, के पायौ त तिमीले म त भए धेरै दुखि, कति खुशी पायौ त तिमीले धम्कि दिएर मलाईनै, कति माया पायौ त तिमीले रिशाएको त थिए म, कसरी आज फकायौ त तिमीले हासा भनि बिन्ति गर्दै, किन मलाई रुवायौ त तिमीले तिमी बिनानै थिए खुशी, कस्तो चोट दियौ त तिमीले मन मेरो रोइरहेथ्यो, … Continue reading के पायौ त तिमीले?

डायरीका हरेक शब्द

डायरीका हरेक शब्द, प्रमाण बन्ने डर हुन्छ। त्यसैले म लेख्छु कविता, पात्र काल्पनिक भने हुन्छ। बैरी अनि मित्रलाई, स्मृतिमा कैद गर्छ। खुशी अनि पीडाहरु, सृजना झैँ सृजीत हुन्छ। भाव सबै खुल्ने गरि, भाका हाली भने हुन्छ। हैन भने त्यसलाई, सम्झना बनाई राखे हुन्छ। हरेक बिशेष घटनामा, जब भाव उर्ली आउछ। आशु संगै सब्दहरु, कवितात्मक बनि … Continue reading डायरीका हरेक शब्द

तिम्रो याद आउछ।

शिर्शिरे हावा चल्दा चराहरु चिर्रबिर गर्दा मलाई तिम्रो याद आउछ त्यो चिर्र्बिरमा नाचू भन्दा। चिसो दिनमा घाम लाग्दा कोपिला त्यो फुल बन्दा मलाई तिम्रो याद आउछ त्यो फूलमा भमरा बस्दा। छंगछंग गरि खोला बग्दा बादलका ति आकृति हेर्दा मलाई तिम्रो याद आउछ त्यो बादलमा एक जोडी देख्दा। चारैतिर आफ्नो रंग फिजाई साझको त्यो घाम डुब्दा … Continue reading तिम्रो याद आउछ।

विडम्बना

म मर्छु भनेर हैन आफ्नु नाम बदनाम होलाकि भन्ने कुराले तिमी डराउछौ हो, मैले बुझी सके मेरो माया लाग्दैन तिमीलाई मबाट छुटकारा पाउन चाहनछौ लाचार बनि रुन्छु म जब मेरो दया लाग्छ होला तबत झुठो आत्मियता देखाऊछौ साथमा जब हुन्छौ तिमी त्यस्मानै म जिवन पाउछु क्षण भरमै तर तिमी बिलाउछौ उफ! कस्तो विडम्बना यो ओछ्यान् … Continue reading विडम्बना

पर्खाइ

तिमी आउने कहिले कहिले पर्खी बसे म अहिले… गीत कविता सबै लेखे तिमीलाई सुनाउने हो कहिले? तिमीसंग बोल्दा बोल्दै आँशु मेरो खस्यो कहिले? घडीको सुइ दोहोरि सकेछ तिमीसंग बोले म कहिले? छुट्ने डरले मन डराउछ संगै हामी बस्ने हो कहिले? कहिले बनाउने घर टाढा त्यहाँ मलाई लाने कहिले? सानो सुन्दर संसारलाई हाम्रो नाम दिने हो … Continue reading पर्खाइ

हो, उ राम्री छे

थाहा छ मलाई पनि उ साचै राम्री छे तर मन दुख्छ मेरो जब गर्छौ प्रसंसा उसको सबैनै छन् पारखी यहाँ उनको त्यो सौन्दर्यको जति हेर्यो हेरु लाग्ने रुप उसको परि जस्तो मिलेको त्यो जीऊ-डाल यौवनले सजिएको कोइली झैँ सुमधुर मोहनी लगाउने बोलि उसको तर डाहा लाग्छ मनमा तिमीले उसलाई हेरिदिदा तिम्रो नजरमा कहिँ कतै मेरो … Continue reading हो, उ राम्री छे

भाव

केहि लेखु भनि, भाब केहि पोखु भनि सब्दहरु खोजिरहे, उन्को मन छुन्छकि भनि केहि बोलु भनि, दुइ चार कुरा गरु भनि आवाजहरु खोजि रहे, उनलाई भाव सुनाऊ भनि गल्तिहरु छानी छानी, सबै दोष आफ्नै मानी दोषहरु छोपी रहे , दोषी कसलाई किन मान्नु भनि बितेकाती पल गनी, फेरी ति पल भुल्छु भनि एउटा कुनामा लुकी … Continue reading भाव

माया

तिम्रो रिशमा पनि माया देख्छु म तिम्रो गालीमा पनि मिठास देख्छु म तर्की तर्की हिड्छौ तिमी तर तिमीमा नै भुल्छु म तिमी हुनौ जब समिपमा तिम्रो तस्बिरसंग बोल्छु म माया हो या, छेनिक भ्रर्म प्रस्न आफैलाई सोध्छु म आँखा, मन, मुटु सबैमा छौ तिमी हो, माया गर्छु तिमीलाई म!

शुभ कामना नव वर्षको

नव वर्षको शुभ कामना तिमीलाई धेरै सोचे के दिने हो, प्रिय मैले उपहार तिमीलाई किन्न नपाउने अमुल्ययो, रोजे मायाको सौगात तिमीलाई हृदय भरिको यो माया, अनि सम्झनाछ तिमीलाई आफ्नै भाब आफ्नै भाषा, रचे एउटा गीत तिमीलाई रिशमा पनि मिसिएको, न्यानोपनको आभास तिमीलाई हरेक मेरो जिन्दगीको, खुसि अनि बाहार तिमीलाई हरपल हरमोड भरि, सम्झनाको लहर तिमीलाई … Continue reading शुभ कामना नव वर्षको

तिमी भित्रको तिमी

तिमी छैनौ त्यस्तो, जस्तो देखिन्छौ तिमी भित्र घमण्ड लुकेको छ कत्तै तिमी छैनौ पूर्ण, जस्तो देखिन्छौ तिमी भित्र आहंकर गाडिएको छ कतै तिमी छैनौ महान, जस्तो देखिन्छौ तिमी महानताको नमुना मात्र हो एउटा तिमी भित्र महानता लुकेको छैन तिमी मित्रताको आवरण मात्र को एउटा तिमी भित्र मित्रता लुकेको छैन तिमी छैनौ त्यस्तो, जस्तो देखिन्छौ तिमी … Continue reading तिमी भित्रको तिमी

साहारा!

गल्तिहरुको भिड़यै भिडमा, एउटा गल्ति नगरु भन्दा हजुरत सार्है रिशौनु भयो, हजुरले भनेको मैले नमान्दा हामी दुबैको उमेर उस्तै, उस्तै इच्छा अनि उस्तै आकान्छ्या मैले आफुलाई सम्हालनै पर्यो, हजुरले होस् गुमाई दिदा त्यो भेट हाम्रो सार्है आनौठो, बिछोड त आखिर हुनुनै थियो हजुरको माया नलाग्ने हैन, आल्झी रहे सम्बन्धको बाधमा गल्ति म बाट भयो होला, … Continue reading साहारा!

तिमी

अन्धकार रातमा जुनेलीझैँ छाउछौ तिमी एक्लो यो जीवनमा साथ बनि आउछौ तिमी तिमी छाएको छौ सबै माझमा, सबैमा तिम्रो छबि छ राम्रो सबैलाई बाटो देखाउने, प्रेरणाको एउटा श्रोत हौ तिमी फलेको हाँगो झुक्छ भन्ने, एउटा जीवन्त उदाहरण तिमी! हरेक तिम्रा शब्दहरुले, एक किसिमको राहत दिन्छ जब यो जीवन बेर्थ लाग्छ, तिम्रो शब्दहरुले मलाई ज्ञान दिन्छ … Continue reading तिमी

आशु मैले थाम्न सकिन

तिम्रो याद आइदिदा, आशु मैले थाम्न सकिन तिमिसंग लगाए प्रित, तर तिम्रो साथ पाइन कस्तो जालमा परे कुन्नि, आफुलाई आजत गर्न सकिन रातको त्यो सुन्यतामा पनि, मन मेरो शान्त थिएन मैले चिच्याई रुन चाहे, तर अरुलाई सुनाउनु थिएन तिमीलाई मैले दिल दिए, तर तिम्रो माया पाइन आफैलाई मैले रित्याई दिए, बदलामा तर केहि पाइन सबका … Continue reading आशु मैले थाम्न सकिन

आरम्भ या अन्त

बुझ्नै सकिन मैले, यो हाम्रो सम्बन्ध के भयो सोधी हेरे आफैलाई, आरम्भ या अन्त भयो एक्लै हिड्दा बिरानिमा, ठेस लागि झस्काई दियो यात्रा यो कठिन मेरो, साथ तिम्रो मागेकै हो हात नदिइ तिमि हिड्दा, मनमा ठुलो आधि चल्यो सोधी हेरे आफैलाई, आरम्भ या अन्त भयो मलाई माया गर्छौ भनि, प्रस्न एउटा सोधेको त्यो नाता सबै … Continue reading आरम्भ या अन्त

बिदाइ

तिम्रो उपस्थितिले मलाई, झन झन एक्लो बनाउथ्यो तिम्रो हाँसोले मलाई, झन धेरै धेरै रुवाउथ्यो तर आज साचै गएउ तिमी नत्र तिमीले दिएको आशुमा मन रमाउथ्यो हाम्रो यो सम्बन्धको, कुनै नामनै दिएनौ तिमीले न भनेउ दुस्मन्, न त साथीनै मानेउ तिमीले तर आज साचै गएउ तिमी नत्र तिमीले दिएको उपनाममा मन रमाउथ्यो समयएको रफ्तारमा, थाहानै भएन दिनहरु कसरी बित्यो हिजो मात्र … Continue reading बिदाइ

फेरी किन भन्छौ

तिमि बिना पनित म बचेकै थिए दुख सुख जे भएनी हासेकै थिए फेरी किन भन्छौ, चाडै रिसाउने छ बानी मेरो बाटो पनि आखिर छ बेग्लै हाम्रो तिमि नहुदनी आकाशमा जुन थिए दिन अनि रात दुबैनै हुन्थे फेरी किन भन्छौ, म बिना तिमि बच्न सिक टाढा म हुदा हास्न सिक भुल्न तिमीलाई नखोजेको हैन जानी जानी … Continue reading फेरी किन भन्छौ