Tag Archives: Election

चुनावी माहैल बन्यो तर सरकारको नेतृत्वमा अझै किचलो

बजेट वा निर्वाचन जुनसुकै विषय भएपनि मुख्य कुरा भने सत्तामै अड्कीएको छ । सत्ताको नेतृत्व कसले लिने भन्नेमा अहिले पनि विवाद छ । सबै बहस र तर्कका पछाडी यही सत्ताको नेतृत्व नै हो । बजेट पनि आउन दिने, चुनावमा पनि जान सकिने तर त्यसका लागि कसको नेतृत्व भन्नेमा अहिले पनि विरोधाभास र आ आप्ना दावी छन् । डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको माओवादी सरकार नहटेसम्म कुनै पनि विषयमा सहमती हुन नसक्नेमा कांग्रेस एमालेको अडान छ ।