महिला प्रति सद्भाव, महिला उत्थान र गोर्खाली बिरता – तिमिलाई सलाम !

यो ब्रम्हाण्डको उत्पति ब्रम्हा, बिष्णु र महेश्वरद्वारा श्रीजना गरिएको हो भन्ने हाम्रो धार्मिक शास्त्रले भन्दछ । तर बिज्ञानका ज्ञाताहरुको तर्क भने पृथक छ ।यो बिषय वस्तु तर्फ म होमिन चाहन्न ।मेरो धेय बिल्कुल अलग छ । ब्रम्हा,बिष्णु र महेश्वर मध्येवाट बिष्णु भगवानबारे ब्याख्या नगरि नेपाल आमाका गौरवशाली तथा वीर गोर्खालीका सन्तान द्वय पोखराका बिष्णु श्रेष्ठ तथा गोर्खाकि बिष्णु माया परियार र यसै गरि एक अर्का वीर ,साहसी नेपाल आमाका सच्चा बहादुर सपुत दिप प्रसाद पुन प्रति कोटी कोटी सलाम गर्न चाहन्छु । भनिन्छ हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात भन्ने झैँ यी माथि उल्लेख गरिएका दाजुभाई तथा चेलीले देखाएको अदम्य साहस तथा बहादुरिताको प्रसंशा तथा सम्मान जतिनै गरेता पनि अपुरो नै हुन्छ । बिश्व भरि यत्र तत्र छरिएर रहेका नेपाली मूलका सम्पूर्ण नेपालीहरुले यसबाट ठुलो शिक्षा लिनु पर्ने हुन्छ ।

शिर्षक बमोजिम क्रमस म गोरखाका बिष्णु श्रेष्ठबारेमा केहि कलम चलाउन चाहन्छु । कैयौलाई यो समाचार थाहा नहुन् पनि सक्छ र धेरै पुरानो भएको पनि हुन् सक्दछ ।यिनी एक भारतीय सेनामा कार्यरत पोखरा निवासी सिपाही हुन् ।भारतीय सेनामा धेरै बर्ष सेवा गरि निबृतिवरण( अवकास प्राप्त )लिई नेपाल फर्कने क्रममा गत बर्ष भारतको गोरखपुर नजिक ४० जना डाकाले आफु चढेको रेलमा मच्चाएको आतंक र एक नारी युवती प्रति गरेको दानवीय ब्यबहारले उनि एक नेपाल आमा, वीर बलभद्र तथा कहिले नझुक्ने गोर्खालीको सच्चा सन्तान बनि नेपाल तथा नेपालीको शिर ठाडो पर्ने कामले उनि हाम्रो हृदयमा सदैब रही रहेका छन ।उनीले देखाएको बहादुरता र साहसको उच्च कदर गर्दै भारत सरकारले सौर्यचक्र, बहादुरी पदक र सर्बोत्तम जीवनरक्षा पदकबाट सम्मान गरेको छ ।बिष्णु श्रेष्ठले एक युवती प्रति डाकाहरुले गर्न खोजेको अपमानजनक कुकृत्य ,आफ्नो मातापिताको सामुने अस्मिता लुट्न खोज्ने र चिकित्षा बिषयमा अध्ययनको तैयारीमा यात्रामा हिडेकी युवती प्रति देखाएको पासविक हर्कत तथा उनको चित्कारले वीर गोर्खालीको मन थाम्न सकेनल आफ्नो जीवनको पर्वाह नगरी केवल नारी मुक्ति र नारीको अस्मिता जोगाउनुबाहेक कुनै बिकल्प नरही ४० जनाको जत्थासंग केवल खुकुरीको भरमा विकासे मुलाकाटे झैँ काटी कोतपर्व झैँ रगतको खोलो बगाए पश्च्यात डाकाहरु घुंडा टेक्न बाध्य बनाउने यी बिष्णु श्रेष्ठ अझ पनि हाम्रो स्मृति पटलमा ताजै छन । भनिन्छ नारी ईश्वरको रुप हो सायद यसैले होला वीर गोर्खालीका सन्तान बिष्णु श्रेष्ठ जसले नारी अत्याचार सहन सकेन र टुलुटुलु मुकदर्शक भएर कायरताको परिचय दिएन, केवल महिला प्रति श्रद्दा भक्ति र चेलीबेटी प्रति देखाएको सम्मानले उनि सदैब चिरिन्जीवी र कालजयी रहुन भन्ने सबैले ईश्वरसंग प्राथना गरेका छन ।नेपाल आमाले यस्तै हजारौ हजार बिष्णु जन्माउनु पर्छ र सबै नेपाली यस्तै बिष्णु बन्नु पर्छ नारी रक्षाको लागि र चेलीको लागि प्राणको आहुति दिनु पर्छ । बिष्णु तिमि सदैब हाम्रो हृदयमा हुने छौ र हाम्रा सन्तान तिमि जस्तै वीर र साहसी हुन् सकुन यहि हाम्रो शुभ कामना ।

बिष्णु श्रेष्ठले महिला प्रति देखाएको सद्भाव हो भने अर्को बिष्णु माया परियार जो गोरखाको बिकट गाउमा जन्म लिई हाल सयुक्त राज्य अमेरिकाको बोस्टनमा, अमेरिकाको बिश्वबिद्यालयवाट उच्च शिक्षा हासिल गरि, बिभिन्न संघ तथा संस्थामा आबद्द महिला बिषय सम्बन्धमा वक्ताको रुपमा सहभागी भै कैयौ पटक आफ्नो बौद्धिकताको परिचय दिई आफ्नो छुटै परिचय र पहिचान बनाई नेपाली चेलीबेटीको नाम उपल्लो स्थानमा राख्न सफल भएकी छिन् । बिष्णु माया परियार, परिचय धेरै दिनु नपर्ला भन्ने यो पंक्तिकार ठान्दछ ।यी चेलीको जीवनी पढने र साहसिक कदमका साथ देखाएको कर्मले जो कोहि पनि आश्चर्य हुन् सक्दछ र गहभरि आशु निस्कन सक्दछ । भिषण संघर्ष गर्दै आमुल परिवर्तन ल्याई बिसेष दलित महिलाको उत्थान प्रति गरेको सामजिक सेवाले यी चेलीलाई सगरमाथाको शिखरमा पुर्याएको छ । अझ हामी त्यो क्षितिज पारी कसैले कोर्न नसकेको ईतिहास समुदायले हेर्न चाहेको छ । ईश्वर सदैब दाहिने हुन् ।सदैब अम्मल दर्जामा पढन सफल यी चेलीको यो पंक्तिकार पनि प्रशंसक हुन् बाध्य भयो । भनिन्छ अरुलाई उज्यालो दिने चिज वा व्यक्तिले आफुलाई जलाएर खरानी वा राख बनाउन सक्नु पर्छ अनिमात्र ईतिहास, समाज र कुनै पनि राष्ट्रमा उसको नाम सुनौको अक्षरमा लेखिन्छ ।समयले यो सबै उद्घोष गर्ने छ ,विश्व बैंकवाट पहिले सम्मानित भै ठुलो राशी प्राप्त गरि बालबालिकाहरुको लागि पाठशाला निर्माण ,छात्रबृद्दी तथा करौड़ोको लगानीले समाजले बिष्णुमाया परियारको कार्य प्रति चरम आनन्दको अनुभूति गरि रहेको छ ।

सानै उमेर देखि हिंसा पिडित महिला, महिला उत्थान र महिला शसक्तिकरण सम्बन्धि बिसेष चासो राख्ने र निश्चित बिन्दुमा यो अभियानलाई पुर्याउने दिशामा तल्लिन एक दलित परिवारमा जन्म लिई यो अवस्थासम्म महिला विकास र उनीले गरेको अद्भूत कार्य तथा बिष्णुले उठाएको चौतर्फी गुन्जायमान हुन् थालेको छ Iराष्ट्र र समाजले यो आवाज टड्कारो रुपमा सुन्न थाली सकेको छ ।यो खाडल बिस्तारै यहि कालखण्डमा पुरिने छ । बिभिन्न अन्तरराष्ट्रिय पुरस्कारवाट सम्मान प्राप्त भै सकेकी बिष्णु माया परियार प्रति हार्दिक मंगलमय शुभकामना छ । हामी सबैको प्रेरणाको श्रोत बन्न सफल भएकी छिन्, हाम्रो समाजले आखा खोल्ने छ, यिनीले गरेको असल कर्मले सारा चिज एक दिन हिउ पग्लेको जस्तै पग्लने छ ।हालसालै पुन :विश्व बैंक वाशिंगटन डिसीमा आयोजित कार्यक्रममा यिनीले देखाएको नेतृत्वपनले अझ नेपाल र नेपालीहरुको शान बृहत भएको छ ।समाजले यस्ता निस्वार्थ सामाजिक सेवामा लाग्ने तथा नेपालकै गरिमा बृद्दी गर्ने बिष्णु माया परियार जस्ता चेली जन्माउन सकोस ।हामी पनि यो महा यज्ञमा होमिन सकौ ।नोबल पुरस्कार जस्ता विश्वविख्यात पुरस्कार प्राप्त गर्न सकुन भविष्यले त्यो दिन आफै निर्धारण गर्ने छ ।यस्तै शुभ आसिकको साथ चेलीलाई कोटी कोटी शुभकामना ।

अन्त्यमा दुई बिष्णु प्रति श्रदा ब्यक्त गर्दै अर्का वीर नेपालीले देखाएको बहादुरताले शरीर जिरिंग र कम्पन उत्त्पन्न हुन्छ ।अहिले नै युद्द मैदानमा उत्रनु जस्तो जोस आउदछ, यिनी पश्चिम नेपालका एक युवा हुन् जो हाल बेलायती सेनामा सेवारत छन् ।नेपालीहरु सुरबीर भएको कारणले नै होला सायद शताब्दी पहिले देखिने बेलायती सेनामा संलग्न भएको ईतिहासले देखाउदछ । यिनको नाम दिप प्रसाद पुन हो सारै मजबूत ह्याकुला (मुटु) भएका बेलायती नेपाली सिपाही जसले अफगानिस्थानमा ३० जना आतंकबादीलाई एकल रुपमा चारै तर्फवाट आक्रमण गर्दा पनि गोर्खालीको नाम बेलायती ईतिहासमा दोश्रो ठुलो पदक प्राप्त गरि सबै नेपालीको शिर उच्च राख्न सफल भए ।उनीले सबै आतंकबादी लडाकुहरुलाई तलाई मार्छु र तिमिहरुलाई मारेर मात्र प्राण त्याग गर्छु जस्ता बुलन्द आवाज तथा हुंकारले हाम्रो रगत भकभक उम्लिन्छ ।अत्यन्तै मार्मिक र भयानक कहानीले हामी गोर्खालीहरुको पृथक पहिचान बनाउन सफल भएको छ । अन्त्यमा नेपाल आमा तिमीले कैयौ दिप प्रसाद पुन जन्माउनु पर्दछ, र पटक पटक दिप प्रसाद पुन जस्तै पुनर्जन्म भै रहनु पर्छ । दिप प्रसाद पुन, तिमि जस्तै हामी हुनु पर्दछ र केवल धवान्सात्मक गतिबिधि मात्र अपनाउनेलाई तिमि जस्तै बनेर परास्त बनाउनु पर्दछ ।तिमिले खेलेको भूमिकाले हाम्रो शिर उच्च छ । हामी सदैब तिमीहरुजस्ता सन्तान नेपालको माटोमा जन्म हुन् सकोस र विश्वमा नेपालको झन्डा फर फराउँन सफल होस् यहि शुभकामना सहित बिदा !

Bijay Thapaअस्तु !

विजय थापा

भर्जिनिया, सयुक्त राज्य अमेरिका

Leave a Reply