मृत हरु को देश मा म एउटा जीउदो भूत

म भूत हुँ

एउटा जीउदो भूत

म कसैलाई तर्साउन्न,

कसैको केही पनि बिगार्दिन,

किन की म एउटा जीउदो भूत हुँ ,

अनी यो समाज हो मृत हरु को

 

यहाँ मान्छे ले मान्छे लाई मान्छे ठान्दैन

कसै ले कसैलाई चिन्दा नी चिन्दैन ,

यो ब्यक्ति को समाज हो,

यहाँ अरु कैसेको मत्लब हुन्न ।

यहाँ बाउ ले छोरा लाई छोरा भन्दैन ,

छोरा ले बाउ लाई बाउ भन्दैन ,

यहाँ केबल नाम छ

काम छ

अनी दाम छ ।

अनी म सँग केही छैन

न नाम छ,

न काम छ

न दाम छ

अनी मलाई कलले मान्छे गन्छ

म त भूत हुँ

किन की यो समाज हो मृत् हरु को

अनी यो समाज हो मात्र नाम को ,

दाम को,

अनी काम को,

जुन म सँग छैन !

 

यहाँ हासो पनि बनाओटि हुन्छ,

माया पनि पैसा मा बिक्छ,

यहाँ सार्थक्ता बस्तु मा गनिन्छ,

उचाहि पैसा ले नपिन्छ ,

यहाँ केबल सभ्यता छ ,

मानबता छैन

यहाँ केबल औषधी छ

उपचार छैन ,

किन की यहाँ केबल धन छ

मन छैन

अन मेरो त मन छ .

मान्छे लाई मान्छे ठान्छु  ,

दिल खोलेर माया गर्छु ,

सबैलाई आफ्नो भन्छु,

तेइ भएर म भूत हुँ ,

किन की मेरो मन छ ,

यो  समाजमा हो मृत हरु को जस्को मन छैन ।

 

मलाई दिल खोलेर हास्न मन पर्छ ,

साथी भाई भेटेर बात मार्न मन पर्छ,

मन लगेको खाना मन पर्छ ,

तर यहाँ केही गर्न पयिन्न्न,

हाँस्दा अगाडि पछाडि हेर्न पर्छ ,

साथी सँग बात फोन बाटै मार्न पर्छ ,

खाना पनि जोखेर खान पर्छ ,

अनी यो समाज ले मलाई कसरी मान्छे भन्छ,

म त भूत हुँ ,

यो समाज हो सभ्य हरु को,

म सँग त सभ्यता नै छैन ।

0 thoughts on “मृत हरु को देश मा म एउटा जीउदो भूत”

Leave a Reply