सिमा टुटेपछि

निस्पट्ट रातलाई बलजफ्ती चिरेर

सुनौलो बिहानीको किरण अवश्य आउनेछ

दुख अनि गरिबीको तुषारापातलाइ हटाउन

चैत बैसाख को पारिलो घाम अवश्य छाउनेछ !!

रक्त पिपाशु बनेर देशैलाइ चुसेर बसेकाहरु

अब सोझा जनताहरु सजाय दिन आउनेछन

तयार भएर बस त्यो रिसको भुमरी सहन

निराश भएका जनताहरु एकजुट भएर आउनेछन !!

क्रुर भएर तिमीले आफ्नै आमाको

अस्मिता लुट्न सम्म पनि पछि परेनौ

आफ्नो आँगनमा आएर पराइ खेल्दा पनि

तिमीहरुले रत्तिभर त्यसको परबाह गरेनौ !!

सहनशीलताको सिमा उल्लङ्घन गरेरै पनि

हामी तिम्रो अत्याचारलाइ सहेथ्यौं

कालो बादल हटाई मिर्मिरे किरण

आउला कि भनि प्रतिछ्यामा बसेथ्यौं !!

सकियो अब तिम्रो पालो

आमाको छातीमा ताण्डव देखाउन

दिदैनौ अब हामी नेपाली जनता

आफ्नो राष्ट्रको अस्तित्व मेटाउन !!

औजार कलम गोली र आवाज हतियार बनाई

प्रगति पथमा लम्कन्छौ अब विश्वलाई देखाई

बाधक आए जो कोहि पनि सबैलाई हटाउँदै

प्रगति पथमा लम्कन्छौ हामी विश्वलाइ देखाउदै

शिखर हामी चुमेरै छोड्छौ विश्वलाइ देखाउदै …. !!!!!!!!!

Leave a Reply