BBC Sajha Sawal Episode 308: Election Agenda of Candidates

“दोस्रो संविधानसभाका लागि उम्मेदवारहरु चुनावी प्रचारमा लागि सकेका छन्। प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता भएको भोलिपल्ट र समानुपातिक तर्फ दलहरुले उम्मेदवारी दर्ता गराएको दिन, असोज १८ गते, हामी पूर्वी नेपालको झापा सदरमुकाम चन्द्रगढीमा छौं। ३३ दलीय मोर्चाको एक घटकले चुनाव वहिष्कारका लागि पूर्वाञ्चल बन्दको घोषणा गरे पनि उम्मेदवारहरु सैयौंका संख्यामा नेता, कार्यकर्ता र मतदाता लिएर जिल्ला निर्वाचन कार्यालय पुगेका थिए। उम्मेदवारी दर्ता गरेपछि प्रमुख ठूला दलहरुले जिल्ला सदरमुकाममै चुनावी सभा गरी विजयको दावी गरे। उम्मेदवार मनोनयनको दिनको वातावरण हेर्दा चुनाव लागिसक्यो । तर नेताहरुसंग मतदातालाई भोट हाल्न मतदान केन्द्रसम्म तान्ने चुनावी योजना चैं के छ त ? दशैंको रौनकसँगै चुनावको चटारो पनि सुरु भइसक्यो । यो साता हामी ७ निर्वाचन क्षेत्र भएको झापामा छौं। जहाँ विगतको संविधानसभामा माओवादीले पाँच सिट जितेको थियो भने काँग्रेस र एमालले एक सिट जितेका थिए। झापाका यसपटकका उम्मेदवारहरुमध्ये एमाओवादीको धर्मशिला चापागाईं, नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा र एमालेका दीपक कार्की यहाँका मतदातामाझ साझा सवालमा हुनुहुन्छ ।” -bbcsajhasawal

Leave a Reply