BBC Sajha Sawal Episode 311: Election Manifestos of Political Parties

“दलहरुले जारी गरेको घोषणापत्रमा वर्ष दिनमा ३ लाख रोजगारी, ३ वर्षमा लोडसेडिंग अन्त गर्ने र दश वर्षभित्रै पूर्व पश्चिम रेलमार्ग सञ्चालन गर्ने लगायतका सपनाहरु देखाइएका छन् । चुनावपछि यी सपनाहरु साँच्चै पुरा होलान् त? मतदाताले यी सपनालाई कसरी लिएका छन्? आज कार्यक्रममा हामी दलहरुको चुनावी घोषणापत्र र मतदाताको अपेक्षाका बारेमा छलफल गर्दैछौं । छलफलमा सहभागीहरुका बीचमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार गगन थापा, नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. ६ का उम्मेदवार योगेश भट्टराई र एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं. ६ का उम्मेदवार हिमाल शर्मा हुनुहुन्छ ।” -bbcsajhasawal

Leave a Reply