मिस नेपाल अमेरिका चयन निस्पक्ष नभएको गुनासो

Home Forums Chhalfal मिस नेपाल अमेरिका चयन निस्पक्ष नभएको गुनासो

Viewing 0 reply threads
  • Author
    Posts
    • #12995
      Admin
      Keymaster

      न्यूयोर्क,अमेरिका अगष्ट २० | अमेरिकामा पहिलोपटक आयोजित मिस नेपाल युएसए २०११ को उपाधि सुजिता बस्नेतले हात पारेकी छिन | शनिवार राती ढिलो गरेर यहाँ सम्पन्न भएको प्रतिष्पर्धामा २१ नम्वरकी प्रतिष्पर्धी बस्नेतले अन्य २६ जना प्रतिष्पर्धीहरुलाई उछिन्दै यो उपाधि हात पारेकी हुन् | प्रतिष्पर्धा भएको होटलमा रहेका हाम्रा विशेष सहयोगी भरत बराइलीले आइतवार बिहान ३ बजे दिनु भएको जानकारी अनुसार प्रतिष्पर्धाको फर्स्ट रनर अपको उपाधि २३ नम्वरकी प्रतिष्पर्धी तिलष्मी विष्ट र सेकेन्ड रनर अपको उपाधि प्रतिष्पर्धी नम्वर ११ कि नविना बस्नेतले जितेकी छिन |

      मिस पर्सनालिटी र मिस वेष्ट वाल्कको उपाधि जुबी गौचनले हात पारेकी छिन | यस्तै मिस पपुलर प्रतिष्पर्धीको उपाधि बन्दना शर्माले जितेकी छिन | मिस वेष्ट स्माइलको उपाधि फेरि केसी र मिस वेष्ट हेयरको उपाधि त्रियुक्ता घिमिरेले जितेकी छिन | यस्तै प्रतियोगिताको मिस बेष्ट ड्रेसको उपाधि रुबी अधिकारीले जितेकी छिन | यस्तै मिस फोटोजेनिक उषा नगरकोटी भएकी छिन प्रतिष्पर्धामा मिस ट्यालेन्टको उपाधि प्रतिष्पर्धी नम्वर १८ की सम्झना कार्कीले हात पारेकी छिन |

      प्रतिष्पर्धाको अन्तिम चरणमा पाँच जना युवतीहरु जुवी गौचन, फेरि केसी,नविना बस्नेत,सुजिता बस्नेत र तिलष्मी विष्ट छानिएका थिए | प्रतिष्पर्धाको निर्णायकहरुमा सिएनएनमा कार्यरत नेपाली चेली किरण क्षेत्रीसहित पुकार मल्ल,आमुदा मिश्र, शान खड्का,डिल्ली भट्ट,सादिया सलिन,तेन्जिंग यांकी,जेन इ किन र प्रमुख अतिथि जेम्स सिन्केक थिए | प्रमुख अतिथि जेम्सले मिस नेपाल युएसएको उपाधि प्रदान गरेका थिए |

      यसैबीच प्रतिष्पर्धा निष्पक्ष र धाँधलीरहित नभएको भन्दै सहभागी प्रतिष्पर्धीहरुले नै यसको विरोध गरेका छन् | प्रतिष्पर्धाका लागि अमेरिकाका विभिन्न राज्य तथा शहरबाट २७ जना युवतीहरु छनौट गरिएका थिए | तिनै मध्ये कतिपयले प्रतिष्पर्धा आयोजकहरुले नै यस्तो निष्पक्ष हुन दिन नचाहेको बताए | तर यस्तो प्रतिक्रिया दिने सहभागी युवतीहरुले आफ्नो नाम चाहिँ बताउन चाहेनन् | सहकर्मी बराइलीका अनुसार सहभागी मध्ये कसलाई उपाधि दिलाउने भन्ने पहिले नै तय भईसकेको रहेछ भनेर सहभागी प्रतिष्पर्धीहरुले आयोजकप्रति गम्भीर आरोप लगाएका छन | प्रतिष्पर्धाको अन्तिम क्षणमा पुगेर आयोजक समितिकी अध्यक्ष अभिनेत्री गौरी मल्लले राजिनामा दिएपछि यस बारे अझ धेरै चासो र विवादहरु सार्वजनिक भएका थिए |

      [via – http://www.nepalmanch.com/globenepal/?p=5127%5D

      Related Posts:
      Miss Nepal USA 2011 – Announcement of Winners Video
      Photos from Miss Nepal USA 2011

Viewing 0 reply threads
  • You must be logged in to reply to this topic.

Connecting Global Nepali Speaking Communities