Interview with Susmita Maskey and Yankila Sherpa

नेपालको अलिअलि मात्रै नाम सुनेका धेरै विदेशीले नेपाल भन्नासाथ हिमालयको देश भन्छन् र सबैजसो नेपालीले हिमाल चढ्लान् भन्ने अपेक्षा राख्छन् । तर अधिकांश नेपालीको जीवन कहिल्यै हिउँमा नटेकी जान्छ । त्यस्तै हामी मध्ये कतिपयलाई त अफ्रिका महादेशमा पनि हिमाल छ भन्ने कुराको पत्तो नै हुँदैन । तर आज मैले टफ टकमा यस्ती साहसी नेपाली महिलालाई निम्त्याएको छु जसले सर्वोच्व शिखर सगरमाथा सहित सात महादेशका सातै वटा उच्च हिमाल आरोहण गर्नुभएको छ । उहाँ हुनुहुन्छ सुस्मिता मास्के ।

सुस्मितासँगै आजको टफ टकमा एक जना महिला पर्यटन व्यवसायी पनि हुनुहुन्छ यांकिला शेर्पा । नेपालमा महिला व्यवसायीहरुको संख्या कम छ । अझ पर्यटन व्यवसायमा त झन् औंलाका गन्न सकिने महिलाहरु मात्र संलग्न छन् । तै पनि आज भन्दा २० वर्ष अगाडि नै यांकिला शेर्पाले ट्रेकिङ एजेन्टस् एसोसियसन अफ नेपालको नेतृत्व सम्हालि सक्नुभएको थियो । विगतमा पर्यटन राज्य मन्त्री भइसक्नुभएकी यांकिला शेर्पा र आरोही सुस्मिता मास्केसँग म आज हिमाल आरोहणको आर्कषण – नेपालमा पर्वतारोहणको संभावना र विकास, र नेपाली महिलाको वर्तमान स्थिति बारे बहस गर्दैछु ।

– Dil Bhusan Pathak

Leave a Reply