Interview with Narahari Acharya – Tough Talk

कानून, न्याय, संविधानसभा तथा संसदीय व्यवस्था मन्त्री एवं नेपाली काँग्रेसका नेता नरहरि आचार्य । सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले संविधान निर्माणमा साझा धारणा प्रस्तुत गरेलगत्तै संविधान लेखनको प्रकिया रोकिएको छ । सत्तारुढ दलहरु तथा प्रतिपक्ष दलहरु एकिकृत नेकपा माओवादी, मधेशवादी वा जनजाति बहुल्यता भएका दलहरु बीचको आरोप प्रत्यारोप झन् बढ्दै गएको छ । । चुनाव अघि र पछि दलहरुले व्यक्त गरेको प्रतिवद्धता अनुसार माघ ८ मा संविधान जारी गर्नका लागि अहिले विवादित विषय साँघुरिंदै सहमति तर्फ अगाडि बढ्नुपर्ने हो । तर आजसम्मको घटना विश्लेषणले दलहरु सहमति भन्दा परै देखिन्छन् । यस्तो बेला मैले टफ टकमा कानून, न्याय, संविधानसभा तथा संसदीय व्यवस्था मन्त्री एवं नेपाली काँग्रेसका नेता नरहरि आचार्यलाई निम्त्याएको छु ।

अघिल्लो संविधानसभामा राज्य पुनसंरचना समितिमा बसेर काम गर्नुभएका र काँग्रेस पार्टीभित्र संघीयताको बारे आधिकारिक रुपमा वाख्या गर्न सक्ने थोरै मध्येका एक आचार्यसँग मैले संविधान निर्माण अब कसरी अगाडि बढ्छ भनेर सोध्दै छु । माघ ८ मा संविधान दिने सरकारको तयारीका बारेमा जान्ने कोशिष गर्नेछु ।

Leave a Reply