Madhav Prasad Ghimire in TOUGH talk with Dil Bhusan Pathak

राष्ट्र कवि माधव घिमिरेको पुकार साच्चै भगवानले सुने । उनी भित्र जीवन्त मनुष्य दिए । त्यो पनि सृजनात्मम ह्दय भएको र आयु पक्कै पनि दिएका होलान् सय साल भन्दा माथिको । जो हामीले पढ्दा र सुन्दा पनि अचम्म लाग्ने जीवन कविवर माधव घिमिरेले भोगेर आएका छन् देखेर आएका छन् ।

चचिर्त राष्ट्रिय गीत “गाउछ गीत नेपाली” का रचनाकार घिमिरे का अन्य चचिर्त गीतहरु हुन् “फूलको थुङगा बगेर गयो” (जो तारादेवीले गाएकी थिइन) तथा ”आजै र राति के देखे सपना”(जो नारायण गोपाल गाएका थिए) । उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञा प्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे । उनको काव्यिक यात्राको पहिलो कृति “नव मञ्जरी” वि.सं. १९९४ सालमा प्रकाशित भएपछिको यात्रा निरन्तर छ । गौरी (शोककाव्य) राष्ट्रकवि माधव घिमिरेद्धारा लेखिएको शोककाव्य हो ।

भर्खरै ९६ औं जन्म दिन मनाएका माधव घिमिरेसंग म उनको बैंश, बुढ्यौली उमेर र नेपाली साहित्यको विषयमा कुरा गर्दैछु ।

Leave a Reply