Sajha Sawal Episode 339: Delay in Infrastructure Development

सात वर्ष अगाडि नै बनिसक्नुपर्ने उदयपुर र ओखलढुंगा जोड्ने सुनकोशी नदीमाथिको पुल निर्माण सम्पन्न हुन त परको कुरा, चैतमा आएको सामान्य हुरीले भत्काइदियो । सडक चौडा बनाएर पिच गरेको तीन महिना पनि नहुँदै ढल वा खानेपानीका लागि भन्दै सडक खन्ने काम शुरु हुन्छ । किन भौतिक संरचनाहरु बेलामा बन्दैनन्, बनेका पनि कमजोर हुन्छन् र निर्माण गर्ने निकायहरुबीच समन्वय हुँदैन? आज हामी विकासको पुर्वाधार भनिने भौतिक निर्माणबारे बहस गर्दैछौं । यो बहसमा हामीसँग नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा हुनुहुन्छ । -bbcsajhasawal

Leave a Reply