Tag Archives: 30th ANA Convention

३० औ ए एन ए डालास सम्मेलन – खेलकूद तथा अन्य पुरस्कार राशीहरुको ऐतिहासिक घोषणा

‘एउटै सपना, एउटै समुदाय, एउटै समारोह’ ३० औ ए एन ए सम्मेलनको मूल नारा रहेको छ । सो परिकल्पना साकार गर्न मूल समारोह समिति तथा सम्पूर्ण समितिहरु कडा मेहनतको साथ अपार सफलता बनाउन तत्परताको साथ जुटेका छन । युवा वर्ग सम्भावनाका भण्डार हुन्, उनिहरुमा बिश्व हाक्ने शक्ति हुन्छ र आमुल परिवर्तनका संवाहक भएकाले उनीहरुको काधमा ३० औ ए एन ए डालस सम्मेलनले बिसेष जिम्मेबारी सुम्पिएको छ ।

अन्तर राष्ट्रिय कविता महोत्सब – २०१२ सम्बन्धि प्रतिष्ठानको औपचारिक सुचना

सधै झैँ यो बर्ष पनि ए. एन. ए. माहाअधिबेसनकै अवसर पारेर टेक्सास राज्यको, डालासमा हुने अन्तर राष्ट्रिय कविता महोत्सबलाई धुमधाम संग सम्पन्न गर्नको लागि बिभिन्न महादेशको प्रतिनिधित्वो हुने गरि प्रतिष्ठानको तदर्थ समितिको सदस्य श्री सुन्दर जोशीज्युको संयोजकत्वोमा एक अन्तरराष्ट्रिय कविता महोत्सब – २०१२ आयोजक समितिको गठन भै सकेको छ ।