Tag Archives: Kingdom of Nepal

सन्दर्भ पुस १४ : सम्झनामा राजा वीरेन्द्र

केही वर्ष पहिले पुस १४ गते नेपालमा सार्वजनिक बिदा हुने गर्थ्यो, तत्कालीन राजा वीरेन्द्रवीर विक्रम शाहको जन्मदिनको उपलक्ष्यमा। अहिले देशमा गणतन्त्र आएको छ। राजतन्त्र देशबाट हटिसकेको छ। विक्रम संवत् २००२ साल पुस १४ गते जन्मिएका वीरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रवार राति नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो।