अंटार्कटिकाबाट पठाएको चिट्ठी अमेरिका पुग्न १ बर्ष लाग्यो

antarctica 2

बैशाख ७ ,भर्जिनिया

विजय थापा

अमेरिकाको भर्जिनियाको साउथ राइडिंगमा बस्दै आएका नेपाली मूलका बिनोद थापाले गत बर्ष मार्च २०१३ मा अंटार्कटिकाबाट अमेरिका भरि रहेका आफ्ना परिवार ,साथी ,ईस्ट मित्र ,दाजुभाई तथा दिदि बहिनीहरुलाई पठाइएको चिट्ठी ​ ​प्राय सबैले १ बर्ष पछि मात्र प्राप्त गरेका छन् l

२०१३ को मार्च महिनामा दूई हप्ताको अंटार्कटिका प्रायद्वीपको दक्षिण ध्रुववृत्त समेत पुगेका थापाले डाक पत्र (पोस्ट कार्ड )लेखि परिक्षणको रुपमा पुग्छ या पुग्दैन भनि प्रयोगको रुपमा गरेको बताए l एकाईसौ शताब्दीमा एक पल (सेकन्ड )मा संसारको कुनै पनि ठाउँ बाट पठाएको सुचना अर्को व्यक्तिले एक पलमा पाईने बिज्ञानको चरम विकास हुदा हुदै एउटा ठाउँ बाट पठाएको पत्र पुग्न ३६५ दिन लाग्नु भनेको आश्चर्य हुनु स्वाभाविक हुन्छ l

antarctica 4

अंटार्कटिका प्रायद्वीपको दक्षिण ध्रुववृत्तमा शुन्य तापक्रम मात्र भन्दा १२९ डिग्री तल तापक्रम हुने ठाउँबाट कसरि पत्र लेख्न जागर चल्यो र यति समय किन लाग्यो भनि सोधखोज गर्दा उनले भने अंटार्कटिका महादेशको युक्रेनको भर्नदस्कि भूमिमा अनुसन्धान आधार शिबिर रहेको र त्यहिबाट पत्र लेखेको बताए l

उनले थप जानकारी अगाडी भने त्यहा भ्रमण गर्ने पर्यटकहरुलाई बैज्ञानिकहरुले स्वागत गर्ने गर्छन भने उनीहरु १२ महिनामा ११ महिना त्यहि बस्ने ,केवल १ महिनाको लागि कर्मचारीहरु आफ्नो घर जाने ,बर्षमा एक पटक मात्र जहाजले एक बर्षका लागि अनुसन्धानका लागि समान ,१ बर्षको लागि खाध्य सामग्री ,पानी तथा सुख्खा खाने कुरा ल्याउने बताए l

antarctica 3

पर्यटक थापाले बैज्ञानिक संग केहि जिज्ञाशा राखेका थिए भने त्यहाको अद्वितीय चिज बारे उनिले अगाडी भने युक्रेनको आधार शिविरको भर्नदस्किमा डाक पत्र तथा हुलाक टिकट पनि बेच बिखन गरिने बताउदै १ बर्षमा आउने जहाजले एक बर्ष सम्म जम्मा भएका सम्पूर्ण चिट्ठीहरु संकलन गरे पछि मात्र पठाउने भएकोले करिब चिट्ठी पुग्न १ बर्ष लाग्ने रहस्य खोले l

त्यहाँ कुनै घर नभएको र मानव जाती नबस्ने तर डाक पत्र तथा हुलाक टिकट पाइने भन्दा अचम्म लागेको यहि अद्वितीय आफु लाई लागेको बताउदै यदि पर्यटकले चाहेमा उनीहरुले अभिलेखको लागि राहदानीमा छाप पनी लगाई दिने बताए l मार्च १६ मा उनले खसाएको पत्र युक्रेनको आधार शिविरको भर्नदस्किमा सेप्टेम्बर १६ ,२०१३ मा संकलन गरि छाप लगाएको डाक पत्रमा देखिएको छ भने अमेरिकामा मार्च १३ तारिखमा पत्र प्राप्त उल्लेख गरिएको तस्बिरमा देखिएको छ l

गत बर्ष २०१३ मा उनले अमेरिकाबाट गल्फ सामग्री अंटार्कटिका प्रायद्वीपको दक्षिण ध्रुववृत्तमा लागेको र गल्फ पनी खेलेको बताए l आकस्मिक रुपमा पत्र पठाउन चाहना राख्नेले अंटार्कटिका प्रायद्वीपमा नहुने बताए l

·

Leave a Reply