अन्तर्राष्ट्रिय ​नेपाली नारी लेखन मंचको प्रथम कार्यक्रम सम्पन्न

आषाढ २७ ,भर्जिनिया 
 
अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मंचले बिश्वमा बढदो नारी हिंसा बिरुद्घ चेतनामुलक साहित्यक कार्यक्रम “चेतनाका आवाजहरु” हालै डिसीमा सम्पन्न गरेको छ । संस्थाका तर्फबाट सीता पाण्डे र नम्रता गुरागाईंको उपस्थिति थियो । नम्रता गुरागाईंबाट संचालित उक्त कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष सीता पाण्डेले गर्दै सहभागी सबैलाइ संस्थाको परिचय गराएर स्वागत गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाली दुताबासका प्रथम सचीब नारायण मैनालीले पानसमा वत्ती बालेर कार्यक्रमको विधिवत उदघाटन गर्नुभएको थियो ।
  ​ ​
यसैगरी अतिथिहरुमा क्रमशः महिला उत्थानमा कार्यरत संस्थाकी सल्लाहकार विष्णुमाया परियार, समालोचक खगेन्द्र लुइटेल, साहित्यकार तथा उपन्यासकार द्घय कृष्ण धराबासी र नयनराज पाण्डे, नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष बशन्त श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, पुर्व प्रेश काउन्सीलका अध्यक्ष सोमनाथ घिमिरे, प्रेम संग्रौला तथा साहित्यकार गोविन्दगिरी प्रेरणा उपस्थित हुनुहुन्थ्यो ।मन्तब्य र कविता बाचन संगसंगै भएको उक्त कार्यक्रममा अतिथि बशन्त श्रेष्ठले आफनो ब्यस्थताको बाबजुदपनि विगत र वर्तमानका नारी लेखिकाहरु विषयक लेख प्रस्तुत गर्नुभएको थियो भने अतिथिहरु सबैले संसारमा संख्यात्मक रुपमा महिलाहरुनै बढि मारमा परेको देखिएपनि नारीपिडित पुरुषहरुपनि कम नभएका र उनिहरु माथि पनि कलम चलाउन अनुरोध गर्दै संस्थाको सुखद भविष्यको कामना गर्नुभयो ।
 
धेरै वर्षदेखि पिडित महिलाहरुलाइ नजिकबाट छाम्दै आउनुभएकी विष्णुमाया परियारले संस्थालाइ परेमा सहयोग गर्न सक्ने वताउनु भयो ।कविता वाचन गर्ने क्रममा सुजाता ढुंगेल, नयनराज पाण्डे, शान्ता घिमिरे, पुष्पा घिमिरे, गोविन्दसिंह रावत, मन्जु विमली, निरा शर्मा, रजनी श्रेष्ठ, होमनाथ सुबेदी, प्रेम संग्रौला, गुणराज लुइटेल, कमल भुषाल, प्रकाश नेपाल र नम्रता गुरागार्इंले आ आफनो कविता वाचन गर्नु भएको थियो । संस्थाभित्र र बाहिरका धेरै सहयोगी हातहरु जुटेर सम्पन्न उक्त कार्यक्रमले अरु साहित्यिक कार्यक्रमभन्दा अलि पृथक भुमिका निर्वाह गरेझैं लाग्थ्यो । त्यसमाथि महिला मै केन्द्रित भएर पढिएका धेरैजसो कविताहरुले चेतनाकै विगुल फुकेझैं लाग्थ्यो ।

 

Leave a Reply

Recommended Sites