अमेरिकाका नेपाली संस्थामा समुदायको अभिरुचि घट्दो

new photo

नेपाली उखान कहिँ नभएको जात्रा हाडी गाउँमा भने जस्तै l अमेरिकामा यस्तै जात्रा यत्र तत्र सर्बत्र फैलिएको छ l पछिल्लो एक दशक देखि नेपाली समुदायको जन घनत्व बिज गणतीय रुपमा वृद्धि संगै नेपाली समुदायमा देखिएको चिराले काठमाडौँ उपत्यकाको भन्दा ज्यादा जात्रा अमेरिकामा देखिन थालेको छ l अमेरिकामा संघ तथा संस्थाको जन्म संगै समुदायको सहभागिता पनि त्यतिनै घट्दो अवस्थामा पुगेको छ l

कार्यक्रम माथि कार्यक्रम भएकोले समुदायलाई भ्याई नभ्याई हुन् थालेको छ l अमेरिकामा एक त कम समय ,त्यसको बाबजुद घर परिवारलाई भन्दा संघ तथा संस्थालाई सेवा प्रदान गरेता पनि दोष र बात लगाइने भएको हुनाले समुदाय बिस्तारै बिलिन हुन थालेका छन् l एउटा दुई वटा बार्षिक कार्यक्रम बाहेक समुदायको भिड कम हुन् थाली सकेको छ l एक थरि समुदाय सहभागिता जनाउदैनन किनभने उनीहरु सत्ताको लागि भएको झगडामा संलग्न हुन् चाहदैनन् l आरामको सास फेर्न चाहन्छन र परिवारलाइ मात्र समय दिन्छन किनभने संघ तथा संस्थामा देखिएको फाटोको कारण कसै संग वैमनस्यता लिन चाहदैनन् l

यो क्रम झन् बढ्दो छ l अब सामाजिक संस्थामा लागेर आफ्नो अमुल्य समय ब्यतित गरेर समाज सेवा गर्ने दिन रहने भएन l के को लागि र किन समाज सेवा गर्ने भन्ने तर्फ समुदाय पुग्न थालेका छन् l संघ तथा संस्था मार्फत सेवा गर्न जाँगर हराई सकेको छ l यो सबैको जड हो कुर्शी ? पद लोलुपताले परदेशमा चिर शत्रुत्रा वृद्धि हुन् थालेको छ l सैद्धान्तिक रुपमा उच्च कुरा गरेता पनि कुर्सिको लागि महाभारत अमेरिकाका नेपाली सामाजिक संस्थामा हुन् थालेको छ l

आधा दशक अगाडी सम्म समुदायमा चिरामा परेको देखिएको थिएन l सद्भाव र भाईचाराको नाता थियो तर अब त्यो कुरा गौण हुन् थालेको छ l यी सबैको जड केवल सत्ता जसरि भए पनि हत्याउने कुटिल चाल l डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जन घनत्व करिब ३० हजार अनुमान गरिएको छ l २०१२ मा भएको अमेरिका नेपाल समाजको निर्वाचनमा करिब ३०० जनाले मात्र मतदान गरे जस अनुसार १ प्रतिसतले मात्र मतदान गरेको देखियो l समुदाय किन यसरि सेलाएको हो भन्ने चर्चा र परिचर्चाको बिषय वस्तु बनेको छ l बिगतमा समुदाय सदस्यले निर्वाचन प्रक्रियाको बिषयलाई लिएर अदालतको शरण लिएको कारण यस्तो शिथिलताको अवस्था श्रीजना त भएको हैन भन्ने अनुमान लगाईएको छ l

अमेरिकामा करिब ३ लाखको हाराहारिमा नेपालीहरु छन् भन्ने अनुमान गरिएको छ l बिगतको एनआरएन अमेरिकाको निर्वाचनमा करिब ४ हजार सदस्य भएको देखियो भने २०११ मा दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (ए एन ए )को पांच हजार सदस्य भएको आँकडाले देखाएता पनि हाल अप्रत्याशित रुपमा घट्ने क्रम देखिदैछ l किनभने केहि संस्थाहरुमा बागडोरको लडाईको कारण कचहरी ,अड्डा ,अदालत धाउनु पर्ने भएकोले हिन्दि उखान ” दाल रोटि खाओ प्रभुको गुण गाओ ” भने जस्तै बिदेशमा डलर फलाउनुको सट्टा समाज सेवा गर्न कसैलाई फुर्सद छैन भनि तर्किन थालेका छन् l

एक जना दुबई बाट नेपाल पुगेका संचारकर्मीले नेपालबाट लेखेका थिए ,नेपाल भन्दा मुलुक बाहिर गएका नेपालीहरुलाई ज्यादा सत्ताको लत लागेको पाएको लेखेका थिए l उनि त्यो समयमा नेपाल पुगेका थिए जुन बखत केपी शर्मा ओली तथा माधव नेपाल बिच कडा प्रतिस्प्रद्धा भै रहेको थियो l परिवार पाल्न भनि विदेश लागेका नेपालीहरुलाई दुबईमा ओली र नेपालको चुनाब लागेको अनुभूति भएको प्रसंग कोट्याएका थिए l

सामाजिक संस्थामा राजनैतिक गन्ध आयो भने सुस्त रुपमा त्यसले बिकराल रुप लिन्छ l नास हुदै सामाजिक संस्था सर्वनास हुने तर्फ जाने अवस्थामा देखिदै आएको छ l अमेरिकामा रहेका एक संचारकर्मीले धेरै बर्ष अगाडी भनेका थिए ‘परदेशमा रहेका सबै नेपाली १३ दिने दाजुभाई ” कति संबेदनशील कुरा राखे l उनि नेपाली सामाजिक संस्थाका कार्यक्रम दुर्लब रुपमा उपस्थित हुन्छन किनभने सामाजिक सेवामा पदको लागि नेपालीहरुले देखाएको हर्कतले टाडा भए l अधिकांश नेपालीहरु अमेरिकाका नेपाली सामाजिक संस्था प्रति आस्था राख्न छोडी सके l सत्ता कब्जा गर्ने कुनियतिको साथ भएको झगडा र विवादको कारण सहभागितामा शिथिलता देखा परि सकेको छ l

अभिरुचि घटन गएको कारण सामाजिक संस्थामा तछाड र मछाडको अवस्थाका केहि संस्थामा प्रतिस्प्रद्धा हुन् छोडेको छ l हजारौको संख्यामा कार्यक्रममा उपस्थिति हुने सामाजिक संस्थामा सयमा झरी सकेका छन् l सामाजिक संस्थाहरुमा कुनै आकर्षण नभएको र पदाधिकारी हुदा असत्य ,झुटा ,मिथ्या आरोप कसले कति खेर लगाउने छन् भनि रुचीमा कमि आएको छ l नेपाली उखान खाई नपाई छालाको टोपी लाई भने जस्तै l परदेशमा आउनु छ ,बिना बित्थामा समाज सेवा गर्नेलाई लान्छना लगाई बेईज्जत गर्ने परिपाटीको विकास भएकोले समाज सेवा गर्न तत्पर हुनेमा कमि भै सकेको छ l

सबै सामाजिक संस्था एउटा मुलाको डयाङ्ग चाही हैनन् l पूर्ण रुपमा सामाजिक सेवामा समर्पित छन् l भाषा ,संस्कृति ,कला ,परम्परालाई संरक्षण र प्रबर्धन गर्ने हेतुले अनवरत रुपमा काम गरि रहेका संस्थाहरु औलामा गनिन्छन l अमेरिकन सरकारको ईजाजत पत्र लिई सकेका र स्थापित भएका नेपाली सामाजिक संस्थाहरु कसैका बपौति हुदैनन l संस्थापक या लामो समय सम्म सत्तामा रहेकाले सामाजिक संस्थालाई आफ्नो पेवा जस्तो गरेको कारण सहभागितामा कमि आएको छ l हाम्रो अधिकार र हाम्रो संस्था हो भनि दाबि गर्ने समुह बिच भएको भिडन्तले सहभागिता पातलिदै छ l

आफैले मात्र सत्ता कब्जा गर्नु पर्छ भन्ने मान्यता राख्ने संस्थाहरुमा कलहको कारण सहभागितामा ठुलो कमि देखा परि सकेको छ l अमेरिका अवसरको भूमि भएकोले मानिस लफडामा अल्झिन चाहदैन केवल पदको लागि भएको कलह र अशान्ति प्रति असन्तुस्ट व्यक्त गर्दै समुदाय बहिस्कार गर्ने तर्फ उन्मुख हुदै गै रहेका छन् l

अमेरिकामा रहेका सामाजिक सेवामा संलग्न हुन्छु भन्ने मनमा कसैले लिएको छ भने हजार पटक गहिरिएर सोच्नु पर्ने भएको छ l सामाजिक संस्थामा प्रवेश हुन साथ तपाईलाई कसैले लान्छना लगाउछन l तपाईलाई कुनै समुहले कसै मार्फत भए नभएको कुरा लेखाउने छन् l भ्रामक र असत्य कुराहरु सत्य झैँ गरि तपाई माथि आरोप र प्रत्यारोप आउने छ l यिनै कारण अमेरिकामा रहेका सामाजिक संस्थामा सहभागितामा भयङ्कर खडेरी लागि सकेको छ l केहि बर्ष देखि यस्ता लान्छना सतह माथि आई रहेको अवस्थाले सामाजिक सहभागिता र समाज सेवामा कमि हुन् गइ समुदाय निरुत्साही भएका छन l यो समस्याको निदान गर्ने काम समुदायको भएकोले एक आपसमा एक जुट हुन् सके मात्र नेपाली समाज बलियो हुने छ l नत्र भाई फुटे गवार लुटे भनि पुर्पुरोमा हात लगाउनु पर्ने अवस्थाबाट हामी गुज्रिने छौ l यस्तो अवस्था हुन् बाट जोगाउन हामी एक ढिक्का हुन् अपरिहार्य छ l

……………………………………………………………………………..अस्तु

विजय

Leave a Reply