अमेरिकाको सन लियेनड्रोमा पहिलो नेपाली रेस्टुरेन्टको उद्घाटन नगर प्रमुखले गरे

ca 1

भर्जिनिया ,कार्तिक १९ ,

विजय थापा ,तिहारको शुभ साईतमा अमेरिकाको चर्चित राज्य क्यालिफोर्नियाको सन लियेनड्रो शहरमा नेपालीहरुको सामुहिक लगानीमा पहिलो नेपाली रेस्टुरेन्ट (चमेना गृह )को उद्घाटन गरिएको छ l

उक्त चमेना गृहको समुद्घाटनमा उद्योग बाणिज्य सघका अध्यक्ष डेबिड पी जोहन्सन र प्रमुख अतिथि नगर प्रमुख स्टेफेन एच क्यासिड़ीले सामुहिक रुपमा पानसमा दियो बालेर गरे भने उक्त चमेना गृहको नामकरण क्रिएसिएन -टेस्ट अफ हिमालय राखिएको छ l

ca 5

नेपाल हिमालै हिमालको देश भनि बिश्वमा नेपाल चिनिने भएकोले क्रिएसिएन -टेस्ट अफ हिमालय नाम जुर्न पुगेको भनि यस्का एक संचालक ध्रुव थापाले बताएlक्रिएसिएनको अर्थ क्रिएटिव एसियन अर्थात् (श्रीजनशिल एसिएन)हो भनि अर्थ्याउदै सन लियेनड्रो सहरमा नेपालीहरुले पहिलो चमेना गृह खोल्न अवसर पाउनु आफैमा महत्वपूर्ण भएको बताए l सन लियेनड्रो शहरका नगर प्रमुख तथा उद्योग बाणिज्य सघका अध्यक्ष द्वारा शुभकामना मन्तब्य दिदै शहरमा पहिलो नेपाली रेस्टुरेन्ट (भोजनालय )स्थापना हुन् पुगेकोमा हार्दिक स्वागत गर्दै र भबिष्यमा सधै हातेमालो गरेर जाने बचन बद्धता दिए l .अगाडी मन्तब्य ब्यक्त गर्दै नेपाली खाना मात्र नभई नेपाली कला संस्कृति र नेपाली समुदायसित नजिक हुने अवसरको रुपमा लिएको आफुहरुले लिएको बताए l

यस्का संचालकहरु द्वारा अरु छिमेकि शहरहरुमा अन्य तीन वटा चमेना गृह सन् २००४ देखि नै संचालनमा आई रहेको बताईएको छ lयो शहरको लागि अन्य साथी भाईहरुसंग मिलेर साझेदारीमा खोलिएको हो भन्दै यस्मा ५ जना संचालकहरु रहेको बुझिएको छ l रेस्टुरेन्ट (चमेना गृह )मा नेपाली ,भारतीय, चिनिया लगायत अमेरिकन फ्युजन र एसियाली खाना समेत समावेस गरिएको छ भने पूर्ण बार(मदिरालय )को समेत सुबिधा उपलब्ध गरिएको छ l

संचालक ध्रुव थापाको नेपाली कुक बुक (खाना बनाउने किताब ) समेत चाडै प्रकाशनमा आउदै गरेको बताउदै लामो समय सम्मको चमेना गृहको व्यवसायको अनुभवलाई समेटेर तैयार पारेको उक्त पुस्तक तैयार गर्न करिब तीन बर्ष लागेको र अमेरिकी फोटो ग्राफर द्वारा आकर्षक नेपाली खानाहरुको फोटो समेत समावेस गरिने जानकारी गराइएको छ l

कार्यक्रममा बिभिन्न लब्ध प्रतिष्ठित बिदेशी तथा स्थानीय विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो भने नेपाल पर्यटन बोर्डका क्यालिफोर्निया क्षेत्रका लागि जन सम्पर्क प्रतिनिधि अनिल पाण्डे को पनि सहभागिता रहेको थियो l

उद्घाटन समाहरोहमा चमेना गृहको तर्फबाट नि शुल्क रात्रि भोजको व्यवस्था गरिएको थियो भने तिहारको शुभकामना आदान प्रदान तथा उद्घाटन भएकोमा बधाई बिभिन्न महानुभावहरुले दिएका थिए lबिदेशी पाहुनाहरुले नेपाली खानाका परिकार मिठो र स्वादिलो लागेको जनाए कार्यक्रम संचालन ध्रुव थापा तथा स्वागत मन्तब्य सह- संचालक गोविन्द शाहीले गरेका थिए l

ca 2

 

Leave a Reply