अमेरिकामा एक नेपालीले सय पटक रक्तदान गर्न भ्याए

blood donation fl
 
पौष २१,भर्जिनिया 
विजय थापा 
 
अमेरिकाको फोर्ट मेएरस, फ्लोरिडा निवासी ५९ बर्षिय अजय सत्यालले पौष २० गते १०० औं पटक रक्तदान गरेका छन् । बिश्व भरिमै एक प्रतिशत भन्दा कम रक्तदाताहरु उक्त बिन्दुमा पुग्छन । ‘२५ बर्ष अगाडी आफु साथीबाट अभिप्रेरित भै रगत दान गर्न सुरु गरे यता सयौ बिरामीहरुलाई बचाउन सहयोग गर्न पाएकोमा खुशी छु भन्दै यो मेरो सुरुवात मात्र हो सत्यालले भने ।  स्वास्थ्यले साथ दिए सम्म यो पबित्र कार्यमा लागि रहेने छु’ दृढता व्यक्त गरे। 
 
फ्लोरिडा राज्य सरकारको बातावरण संरक्षण विभागमा प्रशासक अधिकारीको हैशिएतले कार्यरत सत्यालले ‘मेरो परिवारमा छोरा र छोरीले पनि रक्तदान गर्ने गरेका छन्’ भने । होल ब्लड ८० र प्लेटलेट्स २० पटक दान गरि किर्तिमान राखेका सत्यालले आफ्नो शरीरको अमुल्य रगत नै अरुलाई दान गर्नुमा जति आनन्द त केहीमा छैन भन्दै सम्पूर्ण युवाहरुमा कम से कम बर्षको एक पटक मात्र भए पनि रक्तदान गर्न आब्हान गरे ।  उनि ब्लड डोनर्स अफ अमेरिकाको बोन म्यारो दान समिति र फ्लोरिडा राज्यको लागि उक्त संस्थाको संयोजक पनि छन् । 

 

Leave a Reply