अमेरिकामा कुकुर तिहार

austin 3
भर्जिनिया ,कार्तिक १६ ,
विजय थापा 
 
अमेरिकाको डिसी महानगर क्षेत्रमा कुकुर तिहार मनाइएको छ । नेपाल छोडी बिदेसिए पनि आफ्ना चाड पर्वलाई त्याग्न मनले मान्दैन किनकी हामी जहाँ गए पनि हाम्रो मन र हाम्रो पन नेपाली नै हो भन्दै कुकुर तिहार मनाएको जताए l चाड पर्व ,संस्कृति र परम्परालाई सम्बर्धन र प्रबर्धन गर्नु हाम्रो परम दायित्व हो भन्दै परदेशिएका नेपालीहरुले घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरे l
 
कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर रहेकोमा बिदेशमा त जनावरको हेरचाह मानिसको भन्दा ज्यादा हुने हुनाले झन् आफुलाई खुशी लागेको डिसी महानगर क्षेत्रका एक परिवारले बताए l नेपाली परिकारको जस्तो खाना जस्तै नभै अमेरिकन शैलीको भाई टिकामा दिदि बहिनिहरुले पुरियामा दिएको जस्तो दिइएको बताएका छन् l
 
कुकुरलाई भैरवको बहान मानिन्छ l यसले सुँघेर अपराधीहरू पत्ता लगाउने गर्दछ भन्दै घरको रेखदेख गर्ने काम पनि राम्रो गर्ने हुनाले यसको सम्मान गर्नु र यसलाई पुज्नु हाम्रो सौभाग्य हो एक परिवारले भने l ​नेपालमा कुकरलाई हेर्ने दृष्टिकोण अलिक फरक तर बिदेशमा आकाश जमिनको फरक बताउदै कुकुरसंग मानिसको अत्यन्तै प्रगाढ सम्बन्ध रहेको बताउदै बुद्धिमानी हुन्छ भनि अस्टिन र रजर नामका कुकुर धनिहरुले बताए l 
 
सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ।    

 ​
KUKUR

Leave a Reply