अमेरिकामा नेपाली भाषा फ़क्रदै

bj

अमेरिकामा नेपाली भाषा बोल्ने नेपाली समुदायको निक्कै चहल पहल देखिन थालेको छ l पहिले सूचना सार्वजनिक गर्दा नेपाली भाषामा लेख्न र अधिकांशले टंकन (टाईप )गर्न जान्दैन थिए l नेपाली टंकन गर्न पनि सरल थिएन तर अब समगणक (कम्प्युटर )को चरम विकासले सरल बनाई दिएको छ र नेपाली लेख्न आईतबार कुरी रहनु पर्दैन l तसर्थ अब नेपालीमा सूचना र बिधुतिय संचार माध्यमले क्रान्ति ल्याई दिएकोले अब नेपाली भाषा सिक्न अप्ठ्यारो हुने दिन गए l नया पिढीले पनि विदेशमा बसी सबै थोक सिक्न अवसर पाउने भएका छन् l अमेरिका भरि खोलिएका बिधुतिय पत्रिकाहरु नेपाली भाषामा नै संचालित छन् र यसले के देखाएको छ भने हामी नेपालीहरु नेपाली भाषामा नै पढ्न रुचाउदछौ भन्ने बुझिन्छ l तर त्यहिँ नेपाली भाषाको बिधुतिय पत्रिका भएता पनि अंग्रेजी खण्ड पनि अंग्रेजीमा पढने पाठकको लागि व्यवस्थित गरिएको हुन्छ l

नेपालीहरु बिस्तारै ब्यापार व्यवसायमा संलग्न हुन थाली सकेका छन् l जनघनत्व वृद्धि संगै नेपाली संघ तथा संस्थाहरु अत्यधिक रुपमा वृद्धि हुदै छन l दोश्रो पिढीकालाई र यतै जन्मिएका बालबालिकाहरुको भाषाको विकासको लागि नेपाली कक्षा संचालन तथा पाठशाला पनि स्थापना धमाधम भै रहेका छन् l अमेरिकामा अंग्रेजी नजाने र बोल्न नसके निकै हण्डर खानु हुन्छ तर सोध र खोज गरे त्यो पनि अब नचाहिने भो किनभने जता पनि नेपाली नै नेपाली देख्न र भेट्न पाईने सक्ने अवस्था छ l

अमेरिका भरिका प्राय अधिकांस ठाउमा कहि न कतै नेपालीहरु काम गरि रहेका हुन्छन र नया आउनेलाई भाषाको समस्या भए पनि नेपालीको माध्यमबाट राहतको सास लिने पाउने हुन्छन l खाध्य सामग्री पसल ,ईन्धन चौकी ,चमेना गृह ,अतिथि गृह तथा अन्य ब्यबसायहरु गर्ने नेपालीहरु प्रसस्त छन् र नेपाली भएको नाताले नेपालीले काम पाउन भन्ने हेतुले नेपालीलाई काम दिन्छन त्यहाँ पनि अंग्रेजी मकै भुटेको जस्तै बोल्ने अनिवार्य नपर्ने भो l तर अंग्रेजी नजाने कुवाको भ्यागुतो चै हुईञ्छ l अमेरिकामा अंग्रेजी भाषा नजान्ने छ भने अनौठो चै मानिन्छ तर घृणाको दृष्टिले हेरिदैन l अंग्रेजहरुले प्रोत्साहन गर्दछन र खिल्ली उडाउदैनन् l अमेरिका छिरेका कैयौ परिवारका मातापिता ,हजुर बा हजुर आमा पनि आएका हुन्छन l कैयौ अंग्रेजी बोल्न नजान्ने पनि हुन्छन र जान्दैनन् l नेपाली भाषामा भन्दा अंग्रेजी भाषामा आफ्ना कुराहरु राख्न सरल हुन्छ भन्ने कैयौ बिद्यालय ,महाविद्यालय र बिश्व बिद्यालयका बिद्यार्थीहरु छन् l यस अर्थमा नेपाली भाषा बोल्न घृणा गरेको पक्का हैन उनीहरु पनि नेपाली बोल्न रुचाउदछन र बोलि रहेका हुन्छन l

अब त अमेरिकाका विभिन्न बिमा ,प्रतिष्ठान ,दूरसंचार आदि ईत्यादिमा पनि दोभाषे स्वरुप प्रसस्त नेपालीहरुलाई भर्ना गरेको हुनाले सम्बन्धित मान्छेसंग कुरा गर्न नेपालीसंग कुरा गर्न चाहन्छु भन्यो भने नेपाली एजेन्ट (अभिकर्ता)संग कुरा गर्न पाईने भएको छ l त्यहा पनि टुटेफुटेको अंग्रेजी बोल्नु परेन र हाम्रो नेपाली भाषाले स्थान पाउने भो र काम चल्ने भो l अमेरिकाको जनसंख्याको आधारमा ८० प्रतिसत भन्दा अंग्रेजी माध्यम बोल्ने मानिस छन् र करिब १३ प्रतिसत जति स्पानिस बोल्ने जनसंख्या ,अन्य एसियाली तथा प्यासिफिक रहेता पनि अधिकांश अंग्रेजी बुझ्ने र फर्काउन सक्ने हुन्छन l

बिदेशीहरुमा पनि अंग्रेजी राम्रो बोल्नेको कमि छैन र साथै टुटे फुटेको बोलेर दिनचर्या चलाएका पनि अत्यधिक छन् l चिनिया मूलका मानिस वाशिंगटन डिसीबाट न्यु योर्क सम्म चल्ने यात्री बाहक गाडी (बस )चलाउने चालक धेरै हुन्छन l अधिकांस चिनियाहरु अंग्रेजी बोल्न कठिन मान्दछन र बोल्दै नबोल्ने पनि देखिएको छ तर बिश्व कै सम्राट राज्य न्यु योर्कमा भाषामा कमजोर रहेता पनि जीवन यापन चलाई रहेका हुन्छन l अंग्रेजी नजानी कही कतै काम नपाउने कुरालाई ईन्कार गर्न मिल्दैन तर अंग्रेजी माध्यमबाट सोधेको प्रश्न बुझ्ने र सोधेको केहि शब्दहरु जस्तै हजुर ,हैन ,हो ,कति ,यति ,ठिक आदी ईत्यादी शब्दहरु मात्र थाहा पाउने हो भने पनि काम चल्ने देखिएको छ l

यहि जन्मेका र अफ्रिकन अमेरिकनहरुले बोलेको उच्चारण ठम्याउन अलिक गार्हो हुने र उच्चारण नबुझ्दा समस्या उत्पन्न भएका कैयौ नेपाली मूलका मानिस छ्न l भाषा कमजोर भए भाषा धारा प्रबाह हुनेहरुले आफ्नो गल्ति नभए पनि प्रहरीलाई उजुरी गरि दिए भने दशा लागेका थुप्रै नेपाली मूलका समुदाय पनि छन् तर कानुनी राज्यमा त्यतिको कारण मात्र सबै थोक गुम्दैन l त्यहाँ पनि दोभासेको व्यवस्था गरि काम चलाउन सकिन्छ l

अंग्रेजी आखिरमा भाषा नै त हो ? ध्यान र मन लगाए आफै सिकिने रहेछ किनभने हामी नेपालीले कहिले पनि हिन्दि सिकेनौ र चलचित्र हेरेको भरमा नै हिन्दि सिकेका हौ l नेपाली समुदायसंग त नेपालीमा नै काम चल्ने भो र चलाउनु पनि पर्छ किनभने यो पंक्तिकारले अमेरिका झरे देखि कुनै पनि नेपाली मूलका नेपाली समुदायसंग कहिले पनि अंग्रेजी नबोलि काम चलाएको छ l आफ्नो भाषाको प्रबर्धन र सम्बर्धन गर्ने हेतु चलाएको एक अभियान हो l आफ्नो कामको अतिरिक्त नेपाली समुदायसंग नेपाली मै बोलि काम भएको नै छ र कसैले पनि किन अंग्रेजी नबोलेको भनि केरकार गरेका पनि छैनन l

अमेरिकामा नेपाली समुदाय बिच अंग्रेजीमा नै बोल्नु पर्ने आवश्यक पनि छैन र अंग्रेजी बोल्नु पर्ने बाध्य पनि हुदैन किनभने अमेरिका भासिने बित्तिकै हामीले आफ्नो नेपाली राष्ट्र भाषा पोलेर खाएका हुदैनौ l हाम्रो नेपाली भाषा प्रति हामीलाई गर्व हुनु पर्छ l भाषा रहेन भने हाम्रो पहिचान गुम्ने हुन्छ l बिरानो देशमा बसोबास गरे पछि त्यो मुलुकको भाषा जान्नु अपरिहार्यता हुन्छ l अमेरिकामा अंग्रेजी सिक्नु प्रथम दायित्व किनभने मुखमा माड लगाउन र परिवार पाल्न त्यति दुख त गर्ने पर्छ l अंग्रेजी जानिन भनेर हरेस खाई हाल्नु पर्ने अवस्था छैन किनभने समयले सबै कुरा आफै व्यवस्थित गर्दै जान्छ l

संचार र प्रविधिको विकासले साहित्यकार तथा भाषा प्रेमीहरुलाई नेपाली भाषाको प्रबर्धन र सम्बर्धन गर्न सरल मार्ग प्रसस्त खोलि दिएको छ l संघ तथा संस्थाको माध्यमबाट नेपाली भाषा मौलाउदै गै रहेको छ र हामी सबैले अनुभूति गरि रहेका छौ l अमेरिकामा नेपालीमा कुरा गर्दा उत्तर अंग्रेजीमा मात्र दिने समुदाय पनि नभएको हैन तर आखिर उनीहरुको मन पनि नेपाली हुन्छ र उनीहरुको पन पनि नेपाली नै हुन्छ l भाषा सबैको लागि उत्तिकै प्यारो हुन्छ l

……………………………………………अस्तु

विजय

Leave a Reply