अमेरिकामा नेपाली महिला कराते खेलाडीले कास्य पदक दिलाईन

अमेरिकामा नेपाली महिला कराते खेलाडीले कास्य पदक दिलाईन 
 
 kheladi
विजय थापा ,भर्जिनिया 
 
अमेरिकाको न्युयोर्कमा सम्पन्न न्युयोर्क ओपन कराते च्याम्पियनसिपमा नेपालकि रेमिका राईले महिला एकल कातामा कास्य पदक जितेकी छिन् l 
 
उक्त प्रतियोगितामा क्यानडाकी खेलाडी प्रथम तथा अमेरिकी खेलाडीले रजत पदक हात पारेका थिए। रेमिका नेपाली करातेका संस्थापक गुरु थानेश्वर राईकी छोरी हुन्। प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यका साथै क्यानडा, ट्रिनिडाड, कोस्टारिका र डोमिनिकन रिपब्लिकबाट खेलाडीहरू सहभागी भएका थिए। खेल छ वोटा तातामिमा संचालन भएको थियो, उक्त प्रतियोगितामा डव्लुकेएफ, पीकेएफ र एनकेएफ का रेफ्रीहरु(निर्णायक )को उल्लेख्य उपस्थिति थियो |
 
उक्त प्रतियोगितामा नेपालका रेफ्री देबेन्द्र अमात्य सम्मानित भएका छन्। न्युयोर्क ओपन १९ औं वार्षिक ट्रेडिसनल कराते च्याम्पियनसिपमा बोस्टनका देबेन्द्र अमात्यले ट्रेडिसनल करातेको बिकाश एवं उत्थानमा पुर्याएको योगदानको कदर गर्दै आयोजक डब्लुकेएफ रेफ्री क्लेवलेन्ड बेक्स्टरले प्रतियोगिताको पुर्वार्धमा सम्पूर्ण दर्शक, खेलाडी, एवं अन्य उपस्तिथ खेल पदाधिकारीहरुका सामु अमात्यको कराते प्रतिको योगदानको प्रसंशा गर्दै ताम्रपत्र सहित सम्मान गरेका थिए | 
 
डब्लुकेएफ रेफ्री क्लेवलेन्ड बेक्स्टर विश्व कराते महासंघ रेफ्री कमिसनका पुर्व सदश्य हुनुका साथै हाल पान-अमेरिका कराते महासंघ रेफ्री कमिसनका सदश्य एवं अमेरिकी राष्ट्रिय कराते महासंघ रेफ्री कमिसनका सदश्य पनि भएका हुनाले उनले आयोजना गरेको न्युयोर्क ओपन १९ औं वार्षिक ट्रेडिसनल कराते च्याम्पियनसिपलाइ विशेष महत्व दिने गरेको पाइन्छ | प्रतियोगितामा नेपालका देबेन्द्र अमात्य र सम्बरगोलेले रेफ्रीको भूमिका निर्वाह गरेका थिए। यसरी नेपाली खेलाडीहरु विश्वको विभिन्न कुनामा आफ्नो खेल प्रतिको योगदानबाट सम्मानित भै नेपालको नाम राख्न सफल भएकोमा सम्पूर्ण नेपाली खेल जगतको लागि हौसला बनेकोछ |

Leave a Reply

Recommended Sites