अमेरिकामा पत्रकार घिमिरेको बुद्धबाद्का तीन आयाम पुस्तकको बिमोचन

pashupati 3
विजय थापा 
पौष ६ ,भर्जिनिया ,अमेरिका 
 
भर्जिनियाको राजधानी रिचमण्ड निवासी लेखक तथा पत्रकार पशुपति घिमिरेको हालै प्रकाशित कृति” बुद्धबाद्का तीन आयाम ”गत आइतबार मंगसिर ३० गते भर्जिनियामा बिमोचन भएको छ | भर्जिनिया राज्यको राजधानी रिच्मण्ड स्थित घिमिरे निवासमा  रिचमण्डका नेपालीहरुले सामुहिक रुपमा पुस्तक बिमोचन गरेका थिए |  नेपाली साहित्यमा आख्यानको बाढी आइरहेको सन्दर्भमा बौद्ध दर्शनसंग सम्बन्धित एक गैर आख्यान पुस्तक सार्बजनिक भएको हो | बौद्ध धर्म र दर्शनको क्षेत्रमा बिगत ७ बर्ष देखि अनुसन्धान गरिरहेका पत्रकार  घिमिरेले लेखेको बुद्धबाद्का तीन आयाम नामक पुस्तकले बौद्ध धर्मका तीनवटा आयामहरु बौद्धदर्शन,बौद्धसाहित्य र बौद्ध इतिहासलाई समेटेको छ | 
 
पुस्तकमा बुद्ध भन्दा अघिको नेपाल र उत्तरी भारतको सामाजिक,धार्मिक र दार्शनिक अवस्थाको चित्रणगर्दै कुन परिबेशमा बुद्धले बोधी ज्ञान प्राप्तिको बाटोअबलम्बन गरे भन्ने दर्शाइएको छ | बुद्धका आधारभूत शिक्षाहरु चार आर्यसत्य,अस्टाङ्गिकमार्ग,प्रतित्यसमुत्पाद,त्रिलक्षण,अर्हत,निर्वाण तथा बौद्धध्यानयोगका विभिन्न आयामहरुको बारेमा सम्यक ढंगले विश्लेषण गरिएकोछ | बौद्ध दर्शनका चार सम्प्रदायहरु बैभाशिक,सौत्रान्त्रिक,योगाचार र शुन्यबादको दार्शनिक ढंगले ब्याख्या गरिएको सो पुस्तकमा महायान बौद्धधर्मको बारेमा पनि विषद बर्णन गरिएको छ | बौद्ध साहित्य खण्डमा पबित्र बौद्ध ग्रन्थ त्रिपिटकका तिनै पिटक अन्तर्गत सबै ग्रन्थका  बारेमा  चर्चा गरीएको लेखक घिमिरेले बताए | पालि र संस्कृत भाषाका विभिन्न ग्रन्थहरुको बारेमा चर्चा गरिएको सो खण्डमा हिनयान,महायान र बज्रयान साहित्यको बारेमा मिठो प्रस्तुति छ |
 
बौद्ध इतिहास खण्डमा छब्बीस सयबर्ष अघि नेपालमा प्रादुर्भाव भएको सो धर्म कसरि एशियाका अन्यदेशहरु श्रीलंका ,बर्मा ,तिब्बत ,थाईल्याण्ड ,इन्डोनेसिया ,भियतनाम ,चीन,जापान ,कोरिया  आदि देशहरुमा फैलिएर गयो भन्ने ऐतिहासिक तथ्य सहित बर्णन गरिएको छ | इशा पुर्ब पाँचौ शताब्दिमा सम्पन्न प्रथम बौद्ध सम्मेलन देखियताका चौथो बौद्ध सम्मेलन सम्मका ऐतिहासिक उतार चढावको ब्याख्या गरिएको  सो खण्डमा नालन्दा,विक्रमशिला जस्ता ऐतिहासिक विश्व बिद्यालयहरुको उत्थान र पतनको सम्यक बर्णन गरिएको छ l  बरिस्ठ संस्कृतिविद सत्य मोहन जोशीले बौद्धदर्शनमा रुचिराख्ने सबैका लागि पठनीय रहेको सो पुस्तक बौद्ध दर्शनको अध्ययन हुने बिश्व बिद्यालयका शिक्षक र बिद्यार्थीलाई समेत उत्तिकै उपयोगी हुने उल्लेख गर्नु भएकोछ |

Leave a Reply