अमेरिकामा बसन्त चौधरीले नेपालको उर्जा क्षेत्रको विकासको लागि चर्चा चलाए l

g 3
 
चैत्र १७ ,भर्जिनिया 
विजय थापा 
 
अमेरिकाको भ्रमणमा नियमित रुपमा आई रहने कबि ,गीतकार तथा साहित्यकार बसन्त चौधरीका विश्व काब्य यात्रामा मात्र सिमित नरही अमेरिकामा बिभिन्न व्यक्तित्वहरुलाई भेटघाट तेज बनाई स्वदेश फर्केका छन् lअमेरिकाको एटलान्टामा आफ्नो अन्तिम साहित्यिक यात्रालाई पूर्ण बिराम दिदै र सोहि मौकामा जर्जिया अन्तर्गत पिचट्री कर्नर्स शहरका नगर प्रमुख माइक मेसन ,गुइनेट काउन्टी कमिसनका अधक्ष्य चार्लोट न्यास तथा अन्य बिशेष व्यक्तित्वहरुसंग भेटघाट गर्न सफल भएका छन् l
 g 5
भेटघाटमा चौधरी समुहका प्रबन्ध निर्देशक बसन्त चौधरीले नेपालमा उर्जाको समस्याको साथै जल बिद्युतलाई बिशेष महत्व दिदै उक्त औपचारिक भेटघाटमा नेपाल र अमेरिका ब्यापार व्यवसायमा नेपाल र अमेरिका द्विपक्षीय ,अन्तर्राष्ट्रिय ब्यापार वृद्धि ,प्रबिधि हस्तान्तरण ,शैक्षिक सहयोग लगायत अन्य बिबिध बिषयमा छलफल भएको जनाईएको छ l
 
चौधरीले उक्त भेटघाट पछि एक आपसमा राम्रो छलफल भएको ,नेपाल र अमेरिका बिच बिध्यमान आर्थिक तथा बाणिज्य सम्बन्ध राम्रो हुने कुरामा बिश्वस्त भएको बताए l उक्त भेटघाट टोलीमा जर्जियाका दक्षिण पुर्व नेपाली संघका पुर्व अधक्ष्य राजा घले ,वर्तमान अधक्ष्य राम बराल (बिध्या वारिधि )तथा संस्थाका दिपक पहाडी थिए l बसन्त चौधरीलाई बिदेशी बिभिन्न व्यक्तित्वहरु संगको भेटघाटको पहल जर्जिया राज्य जिल्ला ९५ कि बिधान सभाकि उम्मेदवार हाल जोनिङ्ग बोर्ड अफ अपिल्सकि डाअमृता रेग्मीले गराएकी थिइन् l नेपाली मूलकी रेग्मी ईतिहास कै पहिलो नेपाली अमेरिकन उम्मेदवार हुन् जसले पहिलो चरणमा बिजयी प्राप्त गरि सकेकी छिन् l हाल सम्म प्रतिनिधि सभामा नेपाली मूलका कुनै पनि नेपालीले पहिलो चरण पार गर्न सकेका छैनन l यसै गरि नेपाली समुदायका बिभिन्न व्यक्तिहरुलाई उक्त भेटघाटको पहल राजा घलेले गराएका थिए l

 

Leave a Reply

Recommended Sites